Skip to main content

Elite News Nepal

होलीमा खेलाडीको एकता: सातदोबाटो खेलकुद परिसरमा रंग र उमंग

Advertisement

काठमाडौं – मिसन–२०२६ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा सञ्चालन भइरहेको राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा संलग्न खेलाडी तथा प्रशिक्षकहरूले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा होली पर्व उल्लासपूर्ण तरिकाले मनाए।

राखेपको आयोजनामा सम्पन्न यस विशेष कार्यक्रममा परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, विभिन्न खेलका खेलाडी, प्रशिक्षक, तथा राष्ट्रिय खेल संघका पदाधिकारीहरू सहभागी भए। एकआपसमा रंग दलेर शुभकामना साटासाट गर्दै उनीहरूले होलीको उमंग साझा गरे।

खेलाडीहरू प्रायः कडा प्रशिक्षणमा व्यस्त रहने भएकाले उनीहरूलाई मानसिक ताजगी र आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्। खेल मैदानमा अनुशासन र मेहनतका साथ संघर्षरत खेलाडीहरूको दैनिकीमा यस पर्वले नयाँ उर्जा थपेको छ।

रंग र उत्साहको संगममा आयोजित यस उत्सवले खेलकुद समुदायमा आपसी सद्भाव र हौसला प्रदान गरेको सहभागीहरूको प्रतिक्रिया थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल