Skip to main content

Elite News Nepal

विश्व पारा एथलेटिक्समा प्रभाको रजत पदक

Advertisement

काठमाडौं – नेपालकी प्रभा आङदेम्बेले भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा जारी विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्स मा ऐतिहासिक उपलब्धि हासिल गर्दै महिला लङजम्प (टी–४७) स्पर्धामा रजत पदक जितेकी छन्।

प्रभाले ३.९६ मिटरको उत्कृष्ट फड्कासहित दोस्रो स्थान हासिल गरेकी हुन्। प्रशिक्षक विमला राना मगरका अनुसार उक्त स्पर्धामा श्रीलंकाली खेलाडीले स्वर्ण जिते।

यस प्रतियोगितामा प्रभाले तीन स्पर्धामा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेकी थिइन्। लङजम्पमा रजत जितेपछि उनले ४ सय मिटर दौडमा चौथो स्थान हासिल गरिन्। अब उनले बिहीबार २ सय मिटर दौड मा प्रतिस्पर्धा गर्नेछिन्, जुन नेपाली समयअनुसार दिउँसो ३:१५ बजे हुनेछ।

प्रभाको यो सफलता नेपाली पारा खेलकुदका लागि महत्वपूर्ण उपलब्धि हो। नेपाली खेलकुदप्रेमीहरू उनका आगामी प्रदर्शनका लागि उत्साहित छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल