Skip to main content

Elite News Nepal

नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना हुँदै

Advertisement

काठमाडौं – नेपालमा पहिलो पटक फ्रिस्टाइल चेस प्रतियोगिता आयोजना गरिने भएको छ। आगामी चैत १ गते ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को आयोजना गर्नेछ। एकेडेमीको वार्षिकोत्सवको अवसरमा हुन लागेको यो प्रतियोगिता नेपाली चेस खेलको क्षेत्रमा नयाँ प्रयोगको रुपमा आएको छ।

हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूका अनुसार, परम्परागत चेस खेललाई रोचक बनाउन अमेरिकाका पूर्वविश्व च्याम्पियन ग्रान्डमास्टर बबी फिसरले फ्रिस्टाइल चेसको अवधारणा ल्याएका थिए। सोही शैलीमा नेपालमा फ्रिस्टाइल चेस भित्र्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिता लिग कम नकआउट प्रारूपमा सञ्चालन गरिनेछ। चिफ आर्बिटर याइशाष यासिर खम्बूकाका अनुसार, सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरिनेछ। समूह चरणका खेलहरू हिमालयन चेस एकेडेमीको थापाथलीस्थित हलमा सञ्चालन गरिनेछन्। प्रत्येक समूहका विजेता चार खेलाडीहरू फाइनल्समा प्रवेश गर्नेछन्, जसले चैत १ गते होटल रोयल सिंगीमा नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन्।

यसका साथै, एकेडेमीले सोही दिन ‘हिमालयन ब्लिज कप’ पनि आयोजना गर्नेछ। फ्रिस्टाइल च्याम्पियनसिपको शीर्ष चारमा नपर्ने खेलाडीहरू तथा अन्य चेस खेलाडीहरू ब्लिज कपमा स्वीस प्रणालीको आधारमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका लागि कुल पुरस्कार राशी १ लाख २५ हजार रुपैयाँ तोकिएको छ। फ्रिस्टाइल च्याम्पियनसिपतर्फ विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ९ हजार ६ सय रुपैयाँ पाउनेछ। सेमिफाइनलमा पराजित हुने दुई खेलाडीले जनही ६ हजार ४ सय रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, १६ स्पर्धा समावेश हिमालयन ब्लिज कपतर्फ विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय, तेस्रो हुनेले ६ हजार र चौथो स्थान प्राप्त गर्ने खेलाडीले ४ हजार रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गर्नेछन्।

ब्लिज कपमा शीर्ष १० खेलाडीहरूसँगै महिला, गल्र्स र ब्वइज (यू-८, यू-१०, यू-१२, यू-१४, यू-१६), ५० वर्ष माथिका भेट्रान, अनरेटेड खेलाडीहरू, तथा फिडे रेटिङ २००० र १७०० मुनिका उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।

हिमालयन चेस एकेडेमीले नेपाली चेसको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। हालसम्म यसले एसईई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड्स, हिमालयन तीज चेस टुर्नामेन्ट, प्याट्रिओटिक पन च्याम्पियनसिप, र हिमालयन डुओ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ।

एकेडेमीले काठमाडौं महानगरपालिका-११, थापाथलीस्थित आफ्नो चेस हलमा नियमित प्रशिक्षण दिँदै आएको छ। यहाँ फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, र एड्भान्स गरी पाँचवटा कोर्समा १०० भन्दा बढी खेलाडी प्रशिक्षण लिइरहेका छन्। साथै, भक्तपुरको कौशलटारमा समेत शाखा विस्तार गरिसकेको छ।

एकेडेमीले भर्चुअल माध्यमबाट अनलाइन कक्षाहरू सञ्चालन गर्नुका साथै प्रत्येक बुधबार महिलाहरूलाई निःशुल्क प्रशिक्षण दिँदै आएको छ। नेपालमा चेस खेलको प्रवद्र्धन गर्न स्कुल तथा समुदायस्तरमा कार्यशाला तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको एकेडेमीको लक्ष्य आगामी वर्षहरूमा अझ व्यापक प्रतियोगिता आयोजना गर्ने रहेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल