Skip to main content

Elite News Nepal

५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरा

Advertisement

काठमाडौं। नेपाल व्यायाम मन्दिरको आयोजनामा यही चैत ७ देखि ९ गतेसम्म हुने १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। होटल एल्लो प्यागोडामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले कुल ५२ लाख ६० हजार रुपैयाँ पुरस्कार रहेको यस प्रतियोगिताबारे जानकारी गराएका छन्।

यस वर्षको धर्मश्री प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने छ। प्रतियोगितामा ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ – ६०, ६५, ७०, ७५, ८० र ८० किलो ग्रामभन्दा माथिका तौल समूहमा। आयोजकका अनुसार, लगभग ६ सय खेलाडीको सहभागिता रहने छ, जसमा प्रत्येक तौल समूहबाट ६ जना खेलाडी चयन गरी, अन्तिम प्रतिस्पर्धामा मिस्टर धर्मश्रीको उपाधिका लागि प्रतिस्पर्धा गराइने छ।

प्रतियोगिताको प्रमुख पुरस्कार ट्रफीसहित ११ किलो वजन भएको, नगद १२ लाख रहेको मिस्टर धर्मश्रीको उपाधि हुनेछ। दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैठौं स्थानमा क्रमशः ६ लाख, ३ लाख, २ लाख, १ लाख ८० हजार र १ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी, मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वोमेन्स बडी बिल्डिङका विजेताले समान २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन्। तेस्रो स्थानमा ७० हजार, चौथोमा ५० हजार, पाँचौंमा ४० हजार र छैठौं स्थानमा ३० हजार नगद पुरस्कार वितरण गरिने छ।

५० वर्षभन्दा माथिका मास्टर वर्गका विजेताले १ लाख नगद पाउने छन्, र दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैठौं स्थानका खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने छ। यस वर्षको प्रतियोगिता विशेषत: पीएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको छ, जसमा काठमाडौं महानगरपालिका प्रमुख प्रायोजक रहेको छ।

सम्पूर्ण कार्यक्रम चैत ७ गते वेइङ, चैत ८ गते प्रि–जिजङ र चैत ९ गते अन्तिम चरणको प्रतिस्पर्धा गरिने आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए।

यस प्रतियोगिताको इतिहास शहीद धर्मभक्त माथेमाको स्मृतिमा, २०४२ सालदेखि आयोजना हुँदै आएको हो। यो प्रतियोगिता नेपालकै सर्वाधिक पुरस्कार राशीको शारीरिक सुगठन प्रतियोगिता मानिन्छ। २०७९ मा भएको १६औं संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए।

धर्मश्री विजेताहरुको सूची यस प्रकार छ: २०४२ र २०४३ मा टिम इभेन्ट्स बिजेता, २०५० मा रविन्सन शाक्य, २०५३ मा सागर ताम्राकार, २०५४ मा लाल बाहादुर गुरुङ, २०५५ मा जिवन गिरी, २०५७ र २०५९ मा नरेश महर्जन, २०५८ मा हरिश श्रेष्ठ, २०६२ र २०६४ मा सानु गुरुङ, २०६८ मा लोकेन्द्र परियार, २०७१ मा महेश्वर महर्जन, २०७३ मा अर्जुन वर्णवाल, २०७५ मा मिलन विक्रम सिजापति, र २०७९ मा उमेश राई।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल