Skip to main content

Elite News Nepal

एनसेल नेपाल सुपर लिगको टाइटल स्पोन्सर

Advertisement

काठमाडौं – नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ। शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको हो।

नेपालकै पहिलो फ्रेन्चाइज-आधारित व्यावसायिक फुटबल लिगको रूपमा स्थापित एनएसएल २०२१ देखि अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ। यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

एनसेलको टाइटल स्पोन्सरसिप अन्तर्गत, कम्पनीले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ। साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।

मार्च २९ बाट सुरु हुँदै एनएसएल २०२५ नेपाल सुपर लिगको तेस्रो संस्करण आगामी मार्च २९, २०२५ बाट सुरु हुनेछ। यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, र पोखरा थन्डर्स एफसी गरी सात टिमबीच उपाधि जित्न कडा प्रतिस्पर्धा हुनेछ।

शिर्ष अधिकारीहरूको प्रतिक्रिया नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले एनसेललाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित भएको बताए। उनले भने, “हामी एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै खुशी छौं। यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउनेछ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ।”

एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले एनएसएलसँगको सहकार्य खेल विकासप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए। उनले भने, “हाम्रो एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ। फुटबलले समाजलाई जोड्ने शक्ति राख्छ, र हामी यस सहकार्यमार्फत नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न सहयोग गर्न चाहन्छौं।”

एनसेलले अघिल्लो संस्करणदेखि नै एनएसएलसँग सहकार्य गर्दै आएको छ। कम्पनीले नेपाली खेल क्षेत्रको विकास र युवाहरूको क्षमता अभिवृद्धिमा निरन्तर योगदान दिँदै आएको छ। एनसेलले फुटबल मात्र नभई क्रिकेट, भलिबल, गल्फ, तथा पारा खेलकुद क्षेत्रमा पनि सहयोग गर्दै आइरहेको छ। एनसेल फाउन्डेसनमार्फत पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि समेत योगदान पुर्याउँदै आएको कम्पनीले जनाएको छ।

यस सहकार्यले नेपाली फुटबलको प्रवर्द्धन गर्दै खेल पूर्वाधार सुधार गर्न योगदान दिने विश्वास लिइएको छ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल