Skip to main content

Elite News Nepal

शहीद स्मारक बी डिभिजन लिग फागुन २५ गतेदेखि सुरु

Advertisement

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गतेदेखि सुरु हुने शहीद स्मारक बी डिभिजन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मा सञ्चालन हुने जानकारी गराएको छ। प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणाली मा खेलाइनेछ, जसअन्तर्गत कुल ९१ खेलहरू खेलिनेछन्।

यस प्रतियोगितामा देशभरका १४ क्लब प्रतिस्पर्धा गर्नेछन्, जसमा आरसीटी, श्री भगवती क्लब, तुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज यूनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युद्ध क्लब, सरस्वती युथ क्लब, वीरगंज युनाइटेड क्लब, झापा फुटबल क्लब, र प्लानिङ ब्वाइज युनाइटेड रहेका छन्। दशरथ रंगशालामा खेलहरू हेर्न चाहने दर्शकका लागि सामान्य पारापिटतर्फ टिकट दर रु १०० र भीआईपी पारापिटतर्फ रु ३०० तोकिएको छ भने एन्फा कम्प्लेक्स, सातदोबाटोका लागि सामान्य पारापिट टिकट दर रु १०० निर्धारण गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले रु १५ लाख, उपविजेताले रु १० लाख, तेस्रो स्थान प्राप्त गर्ने टोलीले रु ५ लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै फेयर प्ले टिमलाई रु १ लाख, उत्कृष्ट खेलाडीलाई रु १ लाख, उत्कृष्ट गोलकिपरलाई रु ५०,०००, सर्वाधिक गोलकर्तालाई रु ५०,०००, र प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु ७,५०० प्रदान गरिनेछ। साथै, प्रत्येक खेलमा विजयी टोलीलाई थप रु २५,००० प्रदान गरिनेछ भने खेल बराबरी भएमा दुवै टोलीले रु १०,००० पाउनेछन्।

एन्फाले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन पूरा भइसकेको बताउँदै, यसको मार्केटिङ, टिकटिङ, र ब्रोडकास्टिङ अधिकार MDAC Sports कम्पनीलाई प्रदान गरिएको जानकारी दिएको छ। यस वर्षको प्रतियोगिताको कुल बजेट रु ३ करोड ९३ लाख १ हजार ८१३ रहेको छ। शहीद स्मारक बी डिभिजन लिग २०८१ को उद्घाटन खेल फागुन २५ गते दशरथ रंगशालामा खेलाइनेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल