Skip to main content

Elite News Nepal

क्षतिक र निता बने यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन च्याम्पियन

Advertisement

काठमाडौं। एपीएफका क्षितिज खनाल र नेपाल प्रहरीकी निता लम्सालले तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन्। क्षितिज पुरुषतर्फ र निता महिलातर्फ च्याम्पियन बने।

नखिपोट युथ क्लबको आयोजना र नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भएको यस प्रतियोगिताको पुरुष फाइनलमा क्षितिजले नेपाल आर्मीका विवेक चौधरीलाई २१–८, २१–१५ को सोझो सेटमा पराजित गरे। धादिङका सुजन थापा र एपीएफका भोजबहादुर गुरुङ तेश्रो स्थानमा रहे।

महिला फाइनलमा निताले आर्मीकी अनुमाया राईलाई २१–१२, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन्। आर्मीकी शेस्ना सिर्पाली र स्पोर्ट्स हबकी सीताकुमारी राई तेश्रो भए। पुरुष र महिला दुवैको सिंगल्समा शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ३०, १५, र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

प्रहरीका कविर केसीले आर्मीका सुविन श्रेष्ठलाई २१–१०, १६–२१, २१–११ ले हराउँदै स्वर्ण जिते। तेश्रो स्थानमा फिट्नेस पार्कका अमन डंगोल र लभ बीकेका इमा तामाङ रहे। विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाए।

क्षितिज खनाल र शोभा गौचनको जोडीले २१–१२, २१–५ को सोझो सेटमा जीवन आचार्य र निता लम्सालको जोडीलाई हराउँदै स्वर्ण जिते। तेश्रो स्थानमा आर्मीका पविन लिङथेप र अनुमाया राई तथा विधान अधिकारी र अमिता गिरीको जोडी रहे।

४५ वर्ष माथिका पुरुष डबल्समा सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले तनहुँका देव गुरुङ र कास्कीका शम्भुकुमार श्रेष्ठको जोडीलाई २२–२०, २१–१७ ले हराउँदै उपाधि जिते। तेश्रो स्थानमा शान्त डंगोल र कृष्ण श्रेष्ठ तथा हरि खत्री र राजकुमार पोखरेल रहे।

आर्मीका पविन लिङथेप र विधान अधिकारीको जोडीले सूर्यदर्शनका दीपक राणा र जनिश थकालीको जोडीलाई २१–१६, २२–२०, २१–१४ ले हराउँदै पहिलो स्थान हात पारे। तेश्रो स्थानमा राम मल्ल ठकुरी र सुजन थापा, सुमित महर्जन र सुमन शाक्यको जोडी रहे।

यस प्रतियोगितामा कुल १ सय ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए, र विभिन्न छ स्पर्धामा खेल भएको थियो।

विजेताहरूलाई ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महतलगायतले पुरस्कार प्रदान गरे। सो अवसरमा गायक राजेश पायल राईलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल