Elite News Nepal

नेपाली पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

Advertisement

काठमाडौं– भारतको नयाँ दिल्लीमा सम्पन्न विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागिता जनाएर नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ। प्रतियोगिता मार्च ७ देखि १३ तारिखसम्म जवाहरलाल नेहरु स्टेडियममा आयोजना गरिएको थियो।

प्रतियोगितामा नेपालकी प्रभा आङदेम्बेले टी-४७ क्याटेगोरीको महिला लङजम्पमा ३.९६ मिटरको उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भइन्। उनले लङजम्पसँगै २०० मिटर र ४०० मिटर दौड स्पर्धामा पनि सहभागिता जनाएकी थिइन्।

नेपालबाट प्रतियोगितामा कुल ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुष ४०० मिटर दौडमा नवराज कार्की र गोविन्द गिरीले सहभागिता जनाए। त्यस्तै, सटपुट इभेन्टमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरे। गोविन्द गिरीले ज्याभ्लिन थ्रोमा समेत आफ्नो क्षमता प्रदर्शन गरे।

टोलीसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य अन्जना श्रेष्ठ, अफिसियल मुक्तिनाथ अधिकारी, व्यवस्थापक ओमनाथ सिवाकोटी तथा प्रशिक्षक विमला राना मगर पनि भारत गएका थिए।

स्वदेश फर्किएका नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, राखेप सदस्य रामचन्द्र श्रेष्ठलगायतले स्वागत गरेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल