Skip to main content

Elite News Nepal

काठमाडौं जिल्ला डजबल संघको तदर्थ समिति गठन

Advertisement

काठमाडौं, चैत १० – नेपाल डजबल महासंघको आयोजनामा काठमाडौं जिल्लाको पहिलो भेलाले जिल्ला डजबल संघको तदर्थ समिति गठन गरेको छ।

जिल्ला खेलकुद विकास समिति, काठमाडौंका अध्यक्ष भाइकृष्ण बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नारायण वाग्लेको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो। समितिमा राजेन्द्र प्रसाद उपाध्याय अधिकारी, श्याम बहादुर श्रेष्ठ, सुरेश धमला, लक्ष्मी बराल, पवित्रा घिमिरे नेपाल, प्रसना गौतम, मनोरंजन ठाकुर, रामचन्द्र गौतम, बुद्धिमान लामा र शोभा ठाकुर सदस्यका रूपमा रहेका छन्।

कार्यक्रममा विभिन्न विशिष्ट तथा विशेष अतिथिहरूको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराई, का.म.पा. वडा नम्बर ७ का वडा सदस्य सुरेश शाही, निवर्तमान बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य, का.म.पा. वडा नम्बर ७ का निवर्तमान वडा अध्यक्ष शुद्ध कुमार डंगोल, खेल विशेषज्ञ तथा अधिवक्ता केशब राज गौतम रहेका थिए।

त्यस्तै, अतिथिका रूपमा पुष्पलाल स्कूलका प्रधानाध्यापक, पुष्पलाल मेमोरियल कलेजका बोर्ड सदस्य तथा काठमाडौं जिल्ला नेशनल प्याब्सनका उपाध्यक्ष नारायण बाबु तिम्सिना, समाजसेवी बिनु खत्री, पशुपति विकास कोषका सदस्य एवं वरिष्ठ समाजसेवी रेनुका पराजुली, वरिष्ठ समाजसेवीहरू सरिता खनाल, श्रीजना रुपाखेती, गौरीघाट सुधार समितिका अध्यक्ष एवं वरिष्ठ समाजसेवी राजकुमार खड्की, जनता सेवा समाज नेपालका संस्थापक अध्यक्ष एवं समाजसेवी श्याम कुमार बुढाथोकी, अधिवक्ता चन्द्रप्रसाद लुइँटेल तथा होटल धनलक्ष्मीका सञ्चालक अनिल गिरीको उपस्थिति रहेको थियो।

नेपाल डजबल महासंघका महासचिव अरुण तिमल्सिना ले स्वागत मन्तव्य राख्दै नेपाल डजबल खेललाई विश्व डजबल फेडरेशन द्वारा मान्यता प्राप्त खेल भएको जानकारी गराए। उनले नेपालमा पनि राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढिरहेको बताउँदै यस खेललाई विद्यालय स्तरदेखि नै प्रवर्द्धन गर्ने योजना रहेको उल्लेख गरे। साथै, डजबल खेलमार्फत नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्य रहेको जानकारी गराए।

जिल्ला खेलकुद विकास समिति, काठमाडौंका अध्यक्ष भाइकृष्ण बलामीले आफ्नो कार्यकालमा यस खेललाई लोकप्रिय खेलको रूपमा विकास भएको हेर्ने इच्छालाई व्यक्त गरे। साथै, आयोजकहरूलाई धन्यवाद दिंदै, आगामी दिनहरूमा टोलीले उत्कृष्ट नतिजा ल्याउन सकेमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए।

विशेष अतिथि बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराईले धेरै खेल संघहरूले दर्ता गरे पनि कुनै गतिविधि नगरेको उल्लेख गर्दै, डजबल संघलाई सक्रिय रुपमा गतिविधि बढाउन सुझाव दिए। साथै, संघलाई भविष्यमा उत्कृष्ट नतिजा ल्याउन शुभकामना व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा नेपाल डजबल महासंघका अध्यक्ष एवं कार्यक्रमका सभापति अन्तरिक्ष अधिकारीले धन्यवाद ज्ञापन गर्दै, डजबल खेललाई नेपालमा नमूना खेल बनाउने लक्ष्य रहेको जानकारी गराए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल