Skip to main content

Elite News Nepal

आजको तस्वीर

राष्ट्रिय रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ गतेदेखि शुरू

राष्ट्रिय रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ गतेदेखि शुरू

काठमाडौं– नेपाल रग्बी संघको आयोजनामा चौथो राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप आगामी चैत २७ गतेदेखि वैशाख २ गतेसम्म ललितपुरको च्यासल रंगशालामा सञ्चालन हुने भएको छ। नेपाल रग्बी संघले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता विदेशी निर्णायकको सहभागितासहित सञ्चालन गरिने जानकारी गराएको हो। प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लबसहित नेपाली रग्बी इतिहासकै सबैभन्दा पुरानो गोर्खाली रग्बी क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा खेलाइने छ। महासंघका महासचिव गोविन्द घिमिरेले फिफ्टिन्स खेल प्राविधिक रूपमा जटिल भएकाले अनुभवी र लामो समयदेखि प्रशिक्षण लिइरहेका खेलाडीहरू मात्र सहभागी गराइएको बताए। संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरिले यस खेलको उच्च शारीरिक क्षमताको…
Read More
शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि शुरू

शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि शुरू

काठमाडौं– नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोको आयोजनामा शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता आगामी सोमबारदेखि सुरू हुने भएको छ। प्रतियोगिता संयोजक गोपाल महर्जनले शुक्रबार ललितपुर महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा करिब ६ सय खेलाडीको सहभागिता रहने जानकारी गराए। प्रतियोगिता पुरुष र महिलाका लागि एकल काता तथा कुमुते विधामा समान ११/११ स्पर्धा गरी कुल २२ स्पर्धामा विभाजित गरिएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, र सिन्धुपाल्चोक जिल्लाका ३५ टिमले सहभागिता जनाउने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी गराए। पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकारले युवा खेलाडीलाई संगठित गर्ने र शहीदहरूको सम्मानका लागि प्रतियोगिता महत्वपूर्ण रहेको बताए। ललितपुर…
Read More
आईएसएफ यु–१५ जिम्नासियाडका लागि नेपाली टोली सर्बिया प्रस्थान

आईएसएफ यु–१५ जिम्नासियाडका लागि नेपाली टोली सर्बिया प्रस्थान

काठमाडौं– आईएसएफ यु–१५ जिम्नासियाड (जुनियर स्कुल समर गेम्स) मा सहभागी हुन नेपाली टोली बिहीबार सर्बियाको ज्लाटिबोर प्रस्थान गरेको छ। प्रतियोगितामा तीन खेलका नौ खेलाडी सहभागी हुनेछन्। २२ सदस्यीय टोली बिहीबार राति ११:०० बजे सर्बिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रतियोगिता चैत २२ देखि वैशाख १ गतेसम्म सञ्चालन हुनेछ। नेपालबाट थ्री बाइ थ्री बास्केटबल, पौडी र बक्सिङ खेलमा प्रतिस्पर्धा हुनेछ। बास्केटबलतर्फ मन्दिप गुरागाईं, स्पर्श खतिवडा, सुशन हमाल र वर्दान मल्लले प्रतिस्पर्धा गर्नेछन् भने प्रशिक्षक प्रेमसुन्दर होना छन्। पौडीमा मायोन श्रेष्ठ, प्राप्ती पाण्डे, श्रयला महर्जन र कल्किन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्, जसका प्रशिक्षक नवीन महर्जन रहेका छन्। बक्सिङतर्फ एक मात्र खेलाडी रिजोन रुम्बा…
Read More
नेपाली योगा टोली विश्व योगासना च्याम्पियनसिपका लागि मलेसिया प्रस्थान

नेपाली योगा टोली विश्व योगासना च्याम्पियनसिपका लागि मलेसिया प्रस्थान

काठमाडौं– विश्व योगासना च्याम्पियनसिप २०२४ को १६औं संस्करणमा सहभागी हुन नेपाली योगा टोली बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ। ३१ खेलाडीसहित ४३ सदस्यीय नेपाली टोली प्रतियोगितामा सहभागिता जनाउन गएको हो। मलेसियामा अप्रिल ५ देखि ६ तारिखसम्म हुने यस प्रतियोगितामा नेपाली खेलाडीहरूले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे। नेपाली टोली राति ९:०० बजे उड्ने कार्यक्रम रहेको थियो।
Read More
पारा विश्व पौडी सिरिजमा नेपालका दुई खेलाडीको सहभागिता

पारा विश्व पौडी सिरिजमा नेपालका दुई खेलाडीको सहभागिता

काठमाडौं – जापानको फुजी सिजुकामा अप्रिल ७ देखि १२ तारिखसम्म हुने पारा विश्व पौडी सिरिज प्रतियोगितामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगितामा हर्कमान घर्ती (पुरुष) र समना गैरे (महिला) ले नेपालको प्रतिनिधित्व गर्नेछन्। पुरुषतर्फ हर्कमान घर्तीले चार स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। उनले १०० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर बटरफ्लाइ, तथा १५० मिटर व्यक्तिगत मिड्ले स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ समना गैरेले दुई स्पर्धामा भाग लिनेछिन्। उनले ५० मिटर फ्रिस्टाइल र १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन्। दुबै खेलाडीका लागि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। नेपाल टोलीका व्यवस्थापक राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद…
Read More
५ खेलाडी सहित नेपाली कराते टोली अस्ट्रेलियन ओपनमा भाग लिन अस्ट्रेलिया जाँदै

५ खेलाडी सहित नेपाली कराते टोली अस्ट्रेलियन ओपनमा भाग लिन अस्ट्रेलिया जाँदै

काठमाडौं– अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न ९ सदस्यीय नेपाली टोली बुधबार राति अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ। अप्रिल ४ देखि ६ तारिखसम्म सिड्नीमा आयोजना हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालका ५ खेलाडीले सहभागिता जनाउनेछन्। टोली बुधबार राति ११:०० बजे प्रस्थान गर्ने तालिका छ। प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषतर्फ ६७ केजीमुनि सन्तोष श्रेष्ठ प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६१ केजीमुनि सविना श्रेष्ठ र ६८ केजीमाथि एरिका गुरुङ सहभागी हुनेछन्। टोलीको व्यवस्थापनमा प्रशिक्षक कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् भने सहायक प्रशिक्षक तथा अफिसियलको…
Read More
भेट्रान एथलिट पदक विजेता सम्मानित

भेट्रान एथलिट पदक विजेता सम्मानित

काठमाडौं । नेपाल मास्टर्स एथलिट संघले थाइल्यान्डको च्याङराइमा सम्पन्न खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पदक जितेका भेट्रान खेलाडीलाई आइतबार विशेष सम्मान गरेको छ। फेब्रुअरी १३ देखि १६ सम्म आयोजित उक्त प्रतियोगितामा नेपाली भेट्रान खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै १ रजत र २ कांस्य पदक जित्न सफल भएका थिए। पुरुष ५५–६० वर्ष उमेर समूहको लङजम्प स्पर्धामा कृष्णप्रसाद सिग्देलले रजत पदक जित्दै नेपालको प्रतिष्ठा उचो बनाए। त्यस्तै, पुरुष ८०–८५ वर्ष उमेर समूहको १ हजार ५ सय मिटर दौडमा ग्रिवानविक्रम शाहले कांस्य पदक हात पारे। साथै, पुरुष ५५–६० वर्षको ५ हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य जित्दै नेपाललाई थप गौरवान्वित बनाए। यस अवसरमा राष्ट्रिय खेलकुद…
Read More
नयाँ नेतृत्वको खोजीमा नेपाल खेलकुद महासंघ समाजवादीको महाधिवेशन

नयाँ नेतृत्वको खोजीमा नेपाल खेलकुद महासंघ समाजवादीको महाधिवेशन

काठमाडौं । नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय महाधिवेशन भोलि अर्थात् चैत्र १८ गतेदेखि नयाँ बानेश्वरको थापा गाउँमा सुरु हुँदैछ। महाधिवेशन दुई दिनसम्म अर्थात् चैत्र १८ र १९ गतेसम्म चल्नेछ। महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम रहेको छ। यस महाधिवेशनमा देशभरका ७७ जिल्ला, ७ प्रदेश र ३७ खेल संघहरूबाट गरी ४ सय ४२ जना प्रतिनिधि सहभागी हुनेछन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव तथा महासंघका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा हुने यस महाधिवेशनले आगामी कार्यकालका लागि केन्द्रिय कमिटीको निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्नेछ। महासंघका प्रचार विभाग प्रमुख नारायणदास गमालका अनुसार महाधिवेशनमा…
Read More
नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

पोखरा - नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा शनिबार पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजनाहरू, नीतिगत निर्णयहरू तथा महत्वपूर्ण प्रस्तावहरूमा व्यापक छलफल भएको थियो। साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरे। उद्घाटन समारोहमा बोल्दै उनले खेलकुदलाई राष्ट्रको समृद्धि र श्रमशक्तिको विकासमा महत्वपूर्ण साधनको रूपमा व्याख्या गरे।"हामी नेपाललाई खेलाडीहरूको राष्ट्रका रूपमा चिनाउन चाहन्छौं। खेलकुदले श्रमशक्तिलाई एकताबद्ध गर्दै स्वस्थ नागरिक र दक्ष जनशक्ति निर्माण गर्छ, जसले समृद्धिको यात्रा अघि बढाउँछ," उपाध्यक्ष आचार्यले भने।उनले खेलकुद व्यवस्थापनमा राजनीतिक इच्छाशक्ति आवश्यक भएको उल्लेख गर्दै भने, "खेलकुदको मैदानमा राजनीति हुनुहुँदैन, तर यसको व्यवस्थापनका लागि…
Read More
क्रिकेट र खेल पर्यटन प्रवर्द्धनका लागि पोखरामा केपी ओली कपको तयारी सुरु

क्रिकेट र खेल पर्यटन प्रवर्द्धनका लागि पोखरामा केपी ओली कपको तयारी सुरु

पोखरा, चैत्र १६ - पोखरामा दोस्रो संस्करणको ‘केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्रिकेट’को तयारी सुरु भएको छ। प्रतियोगिताका आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले शनिबार तयारी प्रारम्भ गरेको जानकारी दिएको छ। प्रतियोगिता पोखरा रंगशाला क्रिकेट मैदानमा यही चैत्र २३ देखि ३० गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य को अनुसार हालसम्म २९ भन्दा बढी टिमले सहभागिताका लागि पत्र पठाए पनि अन्तिम चरणमा १६ टिम मात्र सहभागी हुनेछन्। उनले भने, “हामीले सहभागिता जनाउन चाहने टिमहरूको बारेमा निक्र्यौल गर्दै १६ टिम मात्रै छनोट गर्ने निर्णय गरेका छौं।” पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल