Skip to main content

Elite News Nepal

आईएसएफ यु–१५ जिम्नासियाडका लागि नेपाली टोली सर्बिया प्रस्थान

Advertisement

काठमाडौं– आईएसएफ यु–१५ जिम्नासियाड (जुनियर स्कुल समर गेम्स) मा सहभागी हुन नेपाली टोली बिहीबार सर्बियाको ज्लाटिबोर प्रस्थान गरेको छ। प्रतियोगितामा तीन खेलका नौ खेलाडी सहभागी हुनेछन्। २२ सदस्यीय टोली बिहीबार राति ११:०० बजे सर्बिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रतियोगिता चैत २२ देखि वैशाख १ गतेसम्म सञ्चालन हुनेछ।

नेपालबाट थ्री बाइ थ्री बास्केटबल, पौडी र बक्सिङ खेलमा प्रतिस्पर्धा हुनेछ। बास्केटबलतर्फ मन्दिप गुरागाईं, स्पर्श खतिवडा, सुशन हमाल र वर्दान मल्लले प्रतिस्पर्धा गर्नेछन् भने प्रशिक्षक प्रेमसुन्दर होना छन्। पौडीमा मायोन श्रेष्ठ, प्राप्ती पाण्डे, श्रयला महर्जन र कल्किन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्, जसका प्रशिक्षक नवीन महर्जन रहेका छन्। बक्सिङतर्फ एक मात्र खेलाडी रिजोन रुम्बा लामाले प्रतिस्पर्धा गर्ने छन्, जसका प्रशिक्षक दोर्जे घले रहेका छन्।

टोलीमा अफिसियल सदस्यहरूका रूपमा सोविनराज रेग्मी, कमला निरौला, तिलक पाण्डे, विनोदराज पाण्डे, सन्तोष पौडेल, सोना प्रधान, सुरज श्रेष्ठ, रोशन बोहरा र रघुनाथ अगस्टी रहेका छन्। साथै, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की पनि प्रतियोगिताका क्रममा हुने आईएसएफ साधारण सभामा सहभागी हुन शुक्रबार सर्बिया जानेछन्। अप्रिल ८ तारिखमा हुने साधारण सभाले आईएसएफको अध्यक्ष चयन गर्नेछ भने कार्की अप्रिल ७ र ९ तारिखमा हुने कार्यकारी बैठकमा समेत सहभागी हुनेछन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल