Skip to main content

Elite News Nepal

राष्ट्रिय रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ गतेदेखि शुरू

Advertisement

काठमाडौं– नेपाल रग्बी संघको आयोजनामा चौथो राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप आगामी चैत २७ गतेदेखि वैशाख २ गतेसम्म ललितपुरको च्यासल रंगशालामा सञ्चालन हुने भएको छ।

नेपाल रग्बी संघले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता विदेशी निर्णायकको सहभागितासहित सञ्चालन गरिने जानकारी गराएको हो। प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लबसहित नेपाली रग्बी इतिहासकै सबैभन्दा पुरानो गोर्खाली रग्बी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा खेलाइने छ। महासंघका महासचिव गोविन्द घिमिरेले फिफ्टिन्स खेल प्राविधिक रूपमा जटिल भएकाले अनुभवी र लामो समयदेखि प्रशिक्षण लिइरहेका खेलाडीहरू मात्र सहभागी गराइएको बताए। संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरिले यस खेलको उच्च शारीरिक क्षमताको आवश्यकताका कारण मात्र सीमित टिमको सहभागिता तय गरिएको उल्लेख गरे।

प्रतियोगिताको मुख्य निर्णायक श्रीलंकाका प्रियान्था गुनारथ्न रहनेछन् भने म्याच रेफ्रीमा श्रीलंकाकै सुरंगा अरुणा थालगालागे रहनेछन्। नेपालका प्रेमबहादुर कोइरालाले पनि रेफ्रीको भूमिका निर्वाह गर्नेछन्।

प्रतियोगिताको विजेताले रु. २,२२,२२२ नगदसहित रनिङ शिल्ड प्राप्त गर्नेछ, जबकि उपविजेताले रु. १,११,१११ नगदसहित पदक प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई रु. १५,००० नगद र ट्रफी प्रदान गरिनेछ भने “म्यान अफ दी म्याच” पुरस्कारस्वरूप ट्रफी दिइनेछ।

प्रतियोगिताबाट राष्ट्रिय टोलीका खेलाडी छनोट गरिनेछ। आगामी वैशाख २०-२२ गते नेपालमै आयोजना हुने नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि नेपाली टोलीको तयारी गरिने नेपाल रग्बी संघले जनाएको छ।

प्रतियोगिताको सहभागी चारै क्लबलाई तयारी, स्वास्थ्य व्यवस्थापन र बिमा सुविधासहित रु. ३ लाख बराबरको सहयोग प्रदान गरिएको छ। खेलाडीहरूको लागि रु. ३ लाख बराबरको दुर्घटना बिमा समेत गरिएको संघले जनाएको छ।

गत वर्षको विजेता गोर्खाली रग्बी क्लब रहेको थियो, जसले यस वर्ष उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल