Skip to main content

Elite News Nepal

शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि शुरू

Advertisement

काठमाडौं– नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोको आयोजनामा शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता आगामी सोमबारदेखि सुरू हुने भएको छ।

प्रतियोगिता संयोजक गोपाल महर्जनले शुक्रबार ललितपुर महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा करिब ६ सय खेलाडीको सहभागिता रहने जानकारी गराए। प्रतियोगिता पुरुष र महिलाका लागि एकल काता तथा कुमुते विधामा समान ११/११ स्पर्धा गरी कुल २२ स्पर्धामा विभाजित गरिएको छ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, र सिन्धुपाल्चोक जिल्लाका ३५ टिमले सहभागिता जनाउने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी गराए।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकारले युवा खेलाडीलाई संगठित गर्ने र शहीदहरूको सम्मानका लागि प्रतियोगिता महत्वपूर्ण रहेको बताए। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशका लागि ज्यान दिने शहीदहरूको सम्झनामा प्रतियोगिता आयोजना गर्नु सराहनीय रहेको बताउँदै आयोजकलाई धन्यवाद दिए।

प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा तथा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको सह-प्रायोजनमा सञ्चालन हुने दुईदिने प्रतियोगिता मंगलबार आदर्श कन्या निकेतनमा सम्पन्न हुनेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल