Skip to main content

Elite News Nepal

आजको तस्वीर

रामेछापमा आयोजित अन्तरपालिका खुला भलिबल प्रतियोगितामा गोकुलगंगा र मानेभञ्ज्याङ विजयी

रामेछापमा आयोजित अन्तरपालिका खुला भलिबल प्रतियोगितामा गोकुलगंगा र मानेभञ्ज्याङ विजयी

रामेछाप। उमाकुण्ड गाउँपालिकाको आयोजना र ३ नं. वडा कार्यालयको सहप्रायोजनमा सम्पन्न अन्तरपालिका खुला पुरुष र महिला भलिबल प्रतियोगितामा गोकुलगंगा गाउँपालिका, रामेछापले पुरुषतर्फ र मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाले महिला तर्फ उपाधि जितेका छन्। प्रतियोगिता चैत २८ गतेदेखि ५ दिनसम्म उमाकुण्ड गाउँपालिका–३ को धोबीटार खेल मैदानमा आयोजना भएको थियो। पुरुषतर्फको फाइनल खेलमा गोकुलगंगा गाउँपालिकाले लिखुपिके गाउँपालिका, गोली सोलुखुम्बुलाई हराउँदै १ लाख नगद, कप, मेडल र प्रमाणपत्रसँगै उपाधि जित्यो। उपविजेता बनेको लिखुपिके गाउँपालिका ७० हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। तेस्रो स्थानको खेलमा लिखु तामाकोशी गाउँपालिकाले खाँडादेवी गाउँपालिकालाई पराजित गर्दै नगद ५० हजार र पुरस्कार प्राप्त गर्‍यो। महिला तर्फ, मानेभञ्ज्याङ गाउँपालिकाले विगु…
Read More
केपी ओली कपमा अत्तरिया र मालपोखरीको शानदार जीत

केपी ओली कपमा अत्तरिया र मालपोखरीको शानदार जीत

पोखरा, नेपाल – पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार (११औं दिन) समूह ‘डी’ का दुई खेल सम्पन्न भए, जसमा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लब विजयी बने। पोखरा रंगशालास्थित मैदानमा भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गर्दै होरिजोनले १९.१ ओभरमा १० विकेट गुमाउँदै १४० रन बनायो। होरिजोनका लागि कमल विष्टले ३९ रन, विप्रस केसीले ३५ रन (नटआउट), र नरबहादुर सार्कीले २७ रन बनाए। अत्तरियाका लागि बसन्त खत्री र भोजराज भट्टले समान ३ विकेट लिए, जबकि सुशिल साउदले २ विकेट हात पारे। १४१…
Read More
कृष्णप्रसाद लम्सालको अध्यक्षतामा गण्डकीमा डजबल खेलको तदर्थ समिति गठन

कृष्णप्रसाद लम्सालको अध्यक्षतामा गण्डकीमा डजबल खेलको तदर्थ समिति गठन

पोखरा, गण्डकी — गण्डकी प्रदेशमा डजबल खेललाई संस्थागत रूपमा विकास गर्ने उद्देश्यले गण्डकी प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा कृष्णप्रसाद लम्साल चयन भएका छन्। तदर्थ समितिमा निर्मल पराजुली उपाध्यक्ष, अनुप बराल सचिव, शान्ता हमाल कोषाध्यक्षका रूपमा रहेका छन् भने प्रद्युम पराजुली, प्रकाश वान्ले, रेवती रमण पोख्रेल, विवेक राजीव पोख्रेल घर्ती र सुषमा आचार्य सदस्यका रूपमा चयन भएका छन्। गण्डकी प्रदेश खेलकुद परिषदले उक्त समितिलाई तीन महिनाभित्र आवश्यक आन्तरिक संरचना तयार पार्ने, नियमावली निर्माण गर्ने र आगामी कार्ययोजना तय गर्ने जिम्मेवारी दिएको छ। साथै, डजबल खेललाई जिल्लास्तरदेखि स्थानीय तहसम्म विस्तार गर्ने, महिला र पुरुष खेलाडी छनोट…
Read More
काठमाडौंमा बिहीबारदेखि सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता सुरु हुँदै

काठमाडौंमा बिहीबारदेखि सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता सुरु हुँदै

काठमाडौं – नेपाल खेलकुद महासंघ (नेकोस) र राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता यही बिहीबारदेखि सुरु हुँदैछ। प्रतियोगिता बैशाख ४ र ५ गते काठमाडौंको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा हुनेछ। प्रतियोगितामा नेपालका विभिन्न जिल्ला र क्लबका साथै भुटान र थाइल्यान्डका गरी २५० खेलाडीको सहभागिता रहनेछ। राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा २१ वर्षमुनिका खेलाडीले पुरुषतर्फ १२ र महिलातर्फ ११ विधामा प्रतिस्पर्धा गर्नेछन्। साथै, यसै प्रतियोगिता अवधिमा नेकोस, राष्ट्रिय जुडो संघ तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा पहिलोपटक पारा जुडो प्रतियोगिता पनि आयोजना गरिने भएको छ। पारा स्पर्धामा पुरुषतर्फ ६०…
Read More
फुकुओकाको च्याम्पियनसिपमा रजत जित्ने दावा शेर्पा सम्मानित

फुकुओकाको च्याम्पियनसिपमा रजत जित्ने दावा शेर्पा सम्मानित

काठमाडौं— गैरआवासीय नेपाली सुवर्ण कार्कीले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपमा ऐतिहासिक सफलता हासिल गर्ने दावा शेर्पालाई नगदसहित सम्मान गरेका छन्। गत फेब्रुअरी २४ मा जापानको फुकुओकामा सम्पन्न प्रतियोगितामा दावा शेर्पाले पुरुष एकल काता विधामा रजत पदक जितेका थिए। यही उपलब्धिको कदरस्वरुप कार्कीले शेर्पालाई एक कार्यक्रमका बीच व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरेका हुन्। सम्मान हस्तान्तरण समारोहमा बोल्दै कार्कीले भने, “विश्व च्याम्पियनसिपमा पदक जित्नु चानचुने कुरा होइन। यो ऐतिहासिक सफलता तपाईंको निरन्तर प्रयास र समर्पणको परिणाम हो। तपाईंकै प्रेरणाले अरु नेपाली खेलाडीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चम्किन हौसला मिल्नेछ।” उक्त समारोहमा नेपाल क्योकुसिन कराते (इको) संघका अध्यक्ष दमन…
Read More
फोर नेसन्स कप बक्सिङमा नेपालले जित्यो ४ स्वर्ण

फोर नेसन्स कप बक्सिङमा नेपालले जित्यो ४ स्वर्ण

१ बैशाख २०८२— भुटानको थिम्पु शहरमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनशिप २०२५ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जित्न सफल भएको छ। ४ राष्ट्रको सहभागितामा भएको यस प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रह्यो, जबकि भुटानले पहिलो स्थान हासिल गर्यो। नेपालका ७ खेलाडी फाइनलमा पुगेका थिए, जसमा चार खेलाडीले स्वर्ण पदक जिते। महिला ५० केजी तौल समूहमा आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५-० अंकको अन्तरले हराउँदै नेपालका लागि पहिलो स्वर्ण जितिन्। महिला ५२ केजीमा अस्मिता दुवालले भुटानकी डेमो नोर्नुलाई ५-० अंकले हराएर नेपाललाई दोस्रो स्वर्ण दिलाइन्। महिला ५४ केजी तौल समूहमा वर्षा श्रेष्ठले भुटानकी…
Read More
नेपालको उसु टोली सिक्किम प्रस्थान गर्दै

नेपालको उसु टोली सिक्किम प्रस्थान गर्दै

काठमाडौं— मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट ८ सदस्यीय एक टोली भारतको सिक्किम स्थित ग्याङटोकमा हुने उसु प्रो नाइट्स फाइट प्रतियोगितामा सहभागी हुन आगामी बैशाख २ गते प्रस्थान गर्ने भएको छ। सिक्किम एमेच्योर उसु संघद्वारा आयोजना हुने यस प्रतियोगितामा नेपाल र सिक्किमका खेलाडीहरूले पाँच तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, जसमा मिलन राई (५२ केजी), निश्चल तामाङ (५६ केजी), कमल आचार्य (६० केजी), मिलन तामाङ (६५ केजी) र विनोद श्रेष्ठ (७० केजी) तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। टोलिका अन्य सदस्यहरूमा प्रशिक्षक राजिव महर्जन, टिम व्यवस्थापक किरणसिंह साउद र निर्णायक शंकर भुजेल रहेका छन्। यस प्रतियोगितामा प्रत्येक स्पर्धामा पहिलो स्थान हासिल गर्ने…
Read More
सुभाष श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको तदर्थ समितिको संयोजकमा नियुक्त

सुभाष श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको तदर्थ समितिको संयोजकमा नियुक्त

काठमाडौं — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२२औं बोर्ड बैठकले शुक्रबार बसेको बैठकमा विवादित ६ वटा खेल संघ विघटन गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार नेपाल ब्याडमिन्टन संघको कार्यसमिति विघटन गरी सुभाष श्रेष्ठलाई तदर्थ समितिको संयोजकको जिम्मेवारी दिइएको हो। श्रेष्ठ यसअघि राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य समेत भइसकेका छन्। खेलकुद प्रशासनमा उनी अनुभवी र सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। अबको नेतृत्वमा श्रेष्ठले ब्याडमिन्टन खेलको सुधार, पारदर्शिता र विकासमा ठोस कदम चाल्ने विश्वास गरिएको छ। बैठकले अन्य ५ खेल संघहरूमा पनि तदर्थ समिति गठन गरेको छ। एथलेटिक्स संघमा राजीवविक्रम शाह, जिम्न्यास्टिकमा ध्रुवबहादुर प्रधान, भारोत्तोलनमा कानन चौधरी, साइक्लिङमा सुदीप पौडेल, टेनिसमा मनोहर…
Read More
नेपाल क्योकुसिन कराते संघको अभिनन्दन खेलाडी र प्रशिक्षकलाई प्रशंसा पत्र

नेपाल क्योकुसिन कराते संघको अभिनन्दन खेलाडी र प्रशिक्षकलाई प्रशंसा पत्र

काठमाडौं — चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत पदक विजेता दावा शेर्पालाई नेपाल क्योकुसिन कराते (इको) संघले विशेष सम्मान प्रदान गरेको छ। बिहीबार आयोजित समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दावालाई नगद २५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरी सम्मानित गरे। शेर्पाले जापानको फकुओकामा गत फेब्रुअरी २४ मा सम्पन्न प्रतियोगितामा पुरुष एकल काता विधामा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेका थिए। त्यसैगरी, सोही प्रतियोगिता अवधिमा (फेब्रुअरी २५) जापानमा सम्पन्न अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेष्टमा पाँचौं डान हासिल गर्न सफल नेपाल क्योकुसिन कराते (इको) संघका अध्यक्ष दमन बस्नेतलाई पनि प्रशंसा पत्रसहित सम्मान गरियो।…
Read More
अन्तर्राष्ट्रिय योगासना च्याम्पियनसिपमा नेपाली खेलाडीको चम्किलो सफलता

अन्तर्राष्ट्रिय योगासना च्याम्पियनसिपमा नेपाली खेलाडीको चम्किलो सफलता

काठमाडौं, चैत २८ गते — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मलेसियाको क्वालालम्पुरमा सम्पन्न १६औं विश्व योगासना च्याम्पियनसिपमा पदक जितेर फर्किएका नेपाली खेलाडीहरूलाई स्वागत गर्दै बधाइ दिएका छन्। त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा बिहीबार आयोजित विशेष कार्यक्रममा सदस्य–सचिव घिसिङले खेलाडीहरूको स्वागत गर्दै उत्कृष्ट प्रदर्शनका लागि बधाइ तथा शुभकामना व्यक्त गरे। पदक विजेता टोली बुधबार स्वदेश फर्किएको हो। चैत २३ र २४ गते भएको प्रतियोगितामा नेपालले विभिन्न उमेर समूहमा २ स्वर्ण, १ रजत र ३ कांस्य गरी जम्मा ६ पदक जित्न सफल भएको थियो। प्रयासजंग चौहान र प्रत्युषा खतिवडा ले स्वर्ण पदक जितेका हुन् भने अमिष पटेल ले रजत र किरन…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल