Skip to main content

Elite News Nepal

अन्तर्राष्ट्रिय योगासना च्याम्पियनसिपमा नेपाली खेलाडीको चम्किलो सफलता

Advertisement

काठमाडौं, चैत २८ गते — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मलेसियाको क्वालालम्पुरमा सम्पन्न १६औं विश्व योगासना च्याम्पियनसिपमा पदक जितेर फर्किएका नेपाली खेलाडीहरूलाई स्वागत गर्दै बधाइ दिएका छन्।

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा बिहीबार आयोजित विशेष कार्यक्रममा सदस्य–सचिव घिसिङले खेलाडीहरूको स्वागत गर्दै उत्कृष्ट प्रदर्शनका लागि बधाइ तथा शुभकामना व्यक्त गरे। पदक विजेता टोली बुधबार स्वदेश फर्किएको हो।

चैत २३ र २४ गते भएको प्रतियोगितामा नेपालले विभिन्न उमेर समूहमा २ स्वर्ण, १ रजत र ३ कांस्य गरी जम्मा ६ पदक जित्न सफल भएको थियो।

प्रयासजंग चौहान र प्रत्युषा खतिवडा ले स्वर्ण पदक जितेका हुन् भने अमिष पटेल ले रजत र किरन मगर, संस्कृति चौलागाईं र सुन्दर सार्की ले कांस्य पदक प्राप्त गरेका थिए।

प्रतियोगितामा २३ राष्ट्रका १५३ खेलाडी सहभागी थिए भने नेपालबाट ३१ जना खेलाडीले प्रतिनिधित्व गरेका थिए। नेपाल योग खेलकुद संघका महासचिव चुडामणि खरेलका अनुसार नेपाल समग्र रूपमा तेस्रो स्थानमा रह्यो। भारत पहिलो र अमेरिका दोस्रो स्थानमा रहेका थिए।

खेलाडीहरूलाई प्रतियोगितामा सहभागी गराउने पूर्वतयारीस्वरूप पुष्करराज पन्त, संग्राम पुरी, आनन्द गैरे र दीपा पाण्डे ले दुई हप्तासम्म प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले जुनियर खेलाडीहरूलाई विशेष प्राथमिकता दिएर प्रशिक्षण तथा प्रोत्साहन गर्न सकेमात्र राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउन सकिने उल्लेख गरे। उनले जुन विधामा खेलाडीहरूले पदक जितिरहेका छन्, त्यही विधामा अझ बढी ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याए।

स्वर्ण विजेता प्रयास र प्रत्युषाले देशका लागि स्वर्ण जित्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै, प्रतियोगिता मार्फत धेरै सिक्ने अवसर प्राप्त भएको अनुभव बाँडे।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल