Elite News Nepal

सुभाष श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको तदर्थ समितिको संयोजकमा नियुक्त

Advertisement

काठमाडौं — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२२औं बोर्ड बैठकले शुक्रबार बसेको बैठकमा विवादित ६ वटा खेल संघ विघटन गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार नेपाल ब्याडमिन्टन संघको कार्यसमिति विघटन गरी सुभाष श्रेष्ठलाई तदर्थ समितिको संयोजकको जिम्मेवारी दिइएको हो।

श्रेष्ठ यसअघि राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य समेत भइसकेका छन्। खेलकुद प्रशासनमा उनी अनुभवी र सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। अबको नेतृत्वमा श्रेष्ठले ब्याडमिन्टन खेलको सुधार, पारदर्शिता र विकासमा ठोस कदम चाल्ने विश्वास गरिएको छ।

बैठकले अन्य ५ खेल संघहरूमा पनि तदर्थ समिति गठन गरेको छ। एथलेटिक्स संघमा राजीवविक्रम शाह, जिम्न्यास्टिकमा ध्रुवबहादुर प्रधान, भारोत्तोलनमा कानन चौधरी, साइक्लिङमा सुदीप पौडेल, टेनिसमा मनोहर दास मूल, र ह्यान्डबल संघमा रामकृष्ण केसी संयोजकको रूपमा नियुक्त भएका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल