Skip to main content

Elite News Nepal

काठमाडौंमा बिहीबारदेखि सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता सुरु हुँदै

Advertisement

काठमाडौं – नेपाल खेलकुद महासंघ (नेकोस) र राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता यही बिहीबारदेखि सुरु हुँदैछ। प्रतियोगिता बैशाख ४ र ५ गते काठमाडौंको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा हुनेछ।

प्रतियोगितामा नेपालका विभिन्न जिल्ला र क्लबका साथै भुटान र थाइल्यान्डका गरी २५० खेलाडीको सहभागिता रहनेछ। राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा २१ वर्षमुनिका खेलाडीले पुरुषतर्फ १२ र महिलातर्फ ११ विधामा प्रतिस्पर्धा गर्नेछन्।

साथै, यसै प्रतियोगिता अवधिमा नेकोस, राष्ट्रिय जुडो संघ तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा पहिलोपटक पारा जुडो प्रतियोगिता पनि आयोजना गरिने भएको छ। पारा स्पर्धामा पुरुषतर्फ ६० केजीमुनि र महिलातर्फ ५२ केजीमुनि तौल समूहमा खेल हुनेछ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगितामा समावेश स्पर्धाहरूले जापानमा आगामी नोभेम्बरमा हुने डेफ ओलम्पिकका लागि नेपाली प्रतिनिधि खेलाडीको छनोटमा निर्णायक भूमिका खेल्नेछन्।

प्रतियोगिता घोषणा कार्यक्रमको विशेष आकर्षण भनेको ओलम्पियन तथा विश्व जुडो च्याम्पियनशिपमा दुई कांस्य पदक जितेकी अस्ट्रियाकी जुडोका दिग्गज खेलाडी सब्रिना फिल्मोसरको उपस्थिति थियो। उनले २००८ को बेइजिङदेखि २०२० को टोकियोसम्म लगातार चार ओलम्पिकमा सहभागिता जनाएकी छिन्।

यस दुईदिने प्रतियोगिता नेपाली खेलकुद क्षेत्रमा विशेष महत्व बोकेको छ, जहाँ राष्ट्रिय प्रतिभा प्रदर्शनसँगै अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानको समेत अवसर मिल्नेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल