Skip to main content

Elite News Nepal

रामेछापमा आयोजित अन्तरपालिका खुला भलिबल प्रतियोगितामा गोकुलगंगा र मानेभञ्ज्याङ विजयी

Advertisement

रामेछाप। उमाकुण्ड गाउँपालिकाको आयोजना र ३ नं. वडा कार्यालयको सहप्रायोजनमा सम्पन्न अन्तरपालिका खुला पुरुष र महिला भलिबल प्रतियोगितामा गोकुलगंगा गाउँपालिका, रामेछापले पुरुषतर्फ र मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाले महिला तर्फ उपाधि जितेका छन्। प्रतियोगिता चैत २८ गतेदेखि ५ दिनसम्म उमाकुण्ड गाउँपालिका–३ को धोबीटार खेल मैदानमा आयोजना भएको थियो।

पुरुषतर्फको फाइनल खेलमा गोकुलगंगा गाउँपालिकाले लिखुपिके गाउँपालिका, गोली सोलुखुम्बुलाई हराउँदै १ लाख नगद, कप, मेडल र प्रमाणपत्रसँगै उपाधि जित्यो। उपविजेता बनेको लिखुपिके गाउँपालिका ७० हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। तेस्रो स्थानको खेलमा लिखु तामाकोशी गाउँपालिकाले खाँडादेवी गाउँपालिकालाई पराजित गर्दै नगद ५० हजार र पुरस्कार प्राप्त गर्‍यो।

महिला तर्फ, मानेभञ्ज्याङ गाउँपालिकाले विगु गाउँपालिका, दोलखालाई हराउँदै १ लाख नगद, कप, मेडल र प्रमाणपत्र जितेको छ। उपविजेता विगु गाउँपालिकाले ७० हजार नगद र तेस्रो स्थानको आमचोक गाउँपालिकाले ५० हजार नगद प्राप्त गरेको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूको सम्मान पनि गरिएको थियो। पुरुषतर्फ, लिखुपिके गाउँपालिकाका विष्णु बस्नेतलाई उत्कृष्ट खेलाडी र रूपेश बस्नेतलाई उत्कृष्ट सेटरको पुरस्कार प्राप्त भयो। गोकुलगंगा गाउँपालिका, रामेछापका विवेक कार्की उत्कृष्ट ब्लकर, सुजन खड्का उत्कृष्ट स्पाइकर र आदित्य श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भए। महिला तर्फ, मानेभञ्ज्याङ गाउँपालिकाकी चन्द्रकुमारी बस्नेत उत्कृष्ट खेलाडी घोषित भइन्। अन्य विधामा सुस्मिता नेपाली (विगु गाउँपालिका) उत्कृष्ट स्पाइकर, मनीषा राई (मानेभञ्ज्याङ) उत्कृष्ट सेटर र रेश्मी राई (मानेभञ्ज्याङ) उत्कृष्ट ब्लकर बनिन्।

यो प्रतियोगिता १६ टिमको सहभागितामा सम्पन्न भएको थियो। पुरुष तर्फ ९ र महिला तर्फ ७ टिमले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरेका थिए भने विजयी खेलाडीलाई वडाध्यक्ष गुणकुमार थापाले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल