Skip to main content

Elite News Nepal

नेपाल क्योकुसिन कराते संघको अभिनन्दन खेलाडी र प्रशिक्षकलाई प्रशंसा पत्र

Advertisement

काठमाडौं — चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत पदक विजेता दावा शेर्पालाई नेपाल क्योकुसिन कराते (इको) संघले विशेष सम्मान प्रदान गरेको छ। बिहीबार आयोजित समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दावालाई नगद २५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरी सम्मानित गरे।

शेर्पाले जापानको फकुओकामा गत फेब्रुअरी २४ मा सम्पन्न प्रतियोगितामा पुरुष एकल काता विधामा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेका थिए।

त्यसैगरी, सोही प्रतियोगिता अवधिमा (फेब्रुअरी २५) जापानमा सम्पन्न अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेष्टमा पाँचौं डान हासिल गर्न सफल नेपाल क्योकुसिन कराते (इको) संघका अध्यक्ष दमन बस्नेतलाई पनि प्रशंसा पत्रसहित सम्मान गरियो।

सम्मान कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पदमराज सुवेदी, उपाध्यक्ष नन्दकुमार किराती लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो।

यस सम्मानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली कराते खेलाडीको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल