Skip to main content

Elite News Nepal

प्रमुख समाचार

आईएसएफ यु–१५ जिम्नासियाडका लागि नेपाली टोली सर्बिया प्रस्थान

आईएसएफ यु–१५ जिम्नासियाडका लागि नेपाली टोली सर्बिया प्रस्थान

काठमाडौं– आईएसएफ यु–१५ जिम्नासियाड (जुनियर स्कुल समर गेम्स) मा सहभागी हुन नेपाली टोली बिहीबार सर्बियाको ज्लाटिबोर प्रस्थान गरेको छ। प्रतियोगितामा तीन खेलका नौ खेलाडी सहभागी हुनेछन्। २२ सदस्यीय टोली बिहीबार राति ११:०० बजे सर्बिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रतियोगिता चैत २२ देखि वैशाख १ गतेसम्म सञ्चालन हुनेछ। नेपालबाट थ्री बाइ थ्री बास्केटबल, पौडी र बक्सिङ खेलमा प्रतिस्पर्धा हुनेछ। बास्केटबलतर्फ मन्दिप गुरागाईं, स्पर्श खतिवडा, सुशन हमाल र वर्दान मल्लले प्रतिस्पर्धा गर्नेछन् भने प्रशिक्षक प्रेमसुन्दर होना छन्। पौडीमा मायोन श्रेष्ठ, प्राप्ती पाण्डे, श्रयला महर्जन र कल्किन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्, जसका प्रशिक्षक नवीन महर्जन रहेका छन्। बक्सिङतर्फ एक मात्र खेलाडी रिजोन रुम्बा…
Read More
नेपाली योगा टोली विश्व योगासना च्याम्पियनसिपका लागि मलेसिया प्रस्थान

नेपाली योगा टोली विश्व योगासना च्याम्पियनसिपका लागि मलेसिया प्रस्थान

काठमाडौं– विश्व योगासना च्याम्पियनसिप २०२४ को १६औं संस्करणमा सहभागी हुन नेपाली योगा टोली बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ। ३१ खेलाडीसहित ४३ सदस्यीय नेपाली टोली प्रतियोगितामा सहभागिता जनाउन गएको हो। मलेसियामा अप्रिल ५ देखि ६ तारिखसम्म हुने यस प्रतियोगितामा नेपाली खेलाडीहरूले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे। नेपाली टोली राति ९:०० बजे उड्ने कार्यक्रम रहेको थियो।
Read More
५ खेलाडी सहित नेपाली कराते टोली अस्ट्रेलियन ओपनमा भाग लिन अस्ट्रेलिया जाँदै

५ खेलाडी सहित नेपाली कराते टोली अस्ट्रेलियन ओपनमा भाग लिन अस्ट्रेलिया जाँदै

काठमाडौं– अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न ९ सदस्यीय नेपाली टोली बुधबार राति अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ। अप्रिल ४ देखि ६ तारिखसम्म सिड्नीमा आयोजना हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालका ५ खेलाडीले सहभागिता जनाउनेछन्। टोली बुधबार राति ११:०० बजे प्रस्थान गर्ने तालिका छ। प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषतर्फ ६७ केजीमुनि सन्तोष श्रेष्ठ प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६१ केजीमुनि सविना श्रेष्ठ र ६८ केजीमाथि एरिका गुरुङ सहभागी हुनेछन्। टोलीको व्यवस्थापनमा प्रशिक्षक कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् भने सहायक प्रशिक्षक तथा अफिसियलको…
Read More
नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

पोखरा - नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा शनिबार पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजनाहरू, नीतिगत निर्णयहरू तथा महत्वपूर्ण प्रस्तावहरूमा व्यापक छलफल भएको थियो। साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरे। उद्घाटन समारोहमा बोल्दै उनले खेलकुदलाई राष्ट्रको समृद्धि र श्रमशक्तिको विकासमा महत्वपूर्ण साधनको रूपमा व्याख्या गरे।"हामी नेपाललाई खेलाडीहरूको राष्ट्रका रूपमा चिनाउन चाहन्छौं। खेलकुदले श्रमशक्तिलाई एकताबद्ध गर्दै स्वस्थ नागरिक र दक्ष जनशक्ति निर्माण गर्छ, जसले समृद्धिको यात्रा अघि बढाउँछ," उपाध्यक्ष आचार्यले भने।उनले खेलकुद व्यवस्थापनमा राजनीतिक इच्छाशक्ति आवश्यक भएको उल्लेख गर्दै भने, "खेलकुदको मैदानमा राजनीति हुनुहुँदैन, तर यसको व्यवस्थापनका लागि…
Read More
क्रिकेट र खेल पर्यटन प्रवर्द्धनका लागि पोखरामा केपी ओली कपको तयारी सुरु

क्रिकेट र खेल पर्यटन प्रवर्द्धनका लागि पोखरामा केपी ओली कपको तयारी सुरु

पोखरा, चैत्र १६ - पोखरामा दोस्रो संस्करणको ‘केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्रिकेट’को तयारी सुरु भएको छ। प्रतियोगिताका आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले शनिबार तयारी प्रारम्भ गरेको जानकारी दिएको छ। प्रतियोगिता पोखरा रंगशाला क्रिकेट मैदानमा यही चैत्र २३ देखि ३० गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य को अनुसार हालसम्म २९ भन्दा बढी टिमले सहभागिताका लागि पत्र पठाए पनि अन्तिम चरणमा १६ टिम मात्र सहभागी हुनेछन्। उनले भने, “हामीले सहभागिता जनाउन चाहने टिमहरूको बारेमा निक्र्यौल गर्दै १६ टिम मात्रै छनोट गर्ने निर्णय गरेका छौं।” पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण…
Read More
काठमाडौं जिल्ला डजबल संघको तदर्थ समिति गठन

काठमाडौं जिल्ला डजबल संघको तदर्थ समिति गठन

काठमाडौं, चैत १० – नेपाल डजबल महासंघको आयोजनामा काठमाडौं जिल्लाको पहिलो भेलाले जिल्ला डजबल संघको तदर्थ समिति गठन गरेको छ। जिल्ला खेलकुद विकास समिति, काठमाडौंका अध्यक्ष भाइकृष्ण बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नारायण वाग्लेको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो। समितिमा राजेन्द्र प्रसाद उपाध्याय अधिकारी, श्याम बहादुर श्रेष्ठ, सुरेश धमला, लक्ष्मी बराल, पवित्रा घिमिरे नेपाल, प्रसना गौतम, मनोरंजन ठाकुर, रामचन्द्र गौतम, बुद्धिमान लामा र शोभा ठाकुर सदस्यका रूपमा रहेका छन्। कार्यक्रममा विभिन्न विशिष्ट तथा विशेष अतिथिहरूको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराई, का.म.पा. वडा नम्बर ७…
Read More
क्षतिक र निता बने यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन च्याम्पियन

क्षतिक र निता बने यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन च्याम्पियन

काठमाडौं। एपीएफका क्षितिज खनाल र नेपाल प्रहरीकी निता लम्सालले तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन्। क्षितिज पुरुषतर्फ र निता महिलातर्फ च्याम्पियन बने। नखिपोट युथ क्लबको आयोजना र नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भएको यस प्रतियोगिताको पुरुष फाइनलमा क्षितिजले नेपाल आर्मीका विवेक चौधरीलाई २१–८, २१–१५ को सोझो सेटमा पराजित गरे। धादिङका सुजन थापा र एपीएफका भोजबहादुर गुरुङ तेश्रो स्थानमा रहे। महिला फाइनलमा निताले आर्मीकी अनुमाया राईलाई २१–१२, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन्। आर्मीकी शेस्ना सिर्पाली र स्पोर्ट्स हबकी सीताकुमारी राई तेश्रो भए। पुरुष र महिला दुवैको सिंगल्समा शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ३०, १५,…
Read More
नेपाली पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

नेपाली पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं– भारतको नयाँ दिल्लीमा सम्पन्न विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागिता जनाएर नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ। प्रतियोगिता मार्च ७ देखि १३ तारिखसम्म जवाहरलाल नेहरु स्टेडियममा आयोजना गरिएको थियो। प्रतियोगितामा नेपालकी प्रभा आङदेम्बेले टी-४७ क्याटेगोरीको महिला लङजम्पमा ३.९६ मिटरको उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भइन्। उनले लङजम्पसँगै २०० मिटर र ४०० मिटर दौड स्पर्धामा पनि सहभागिता जनाएकी थिइन्। नेपालबाट प्रतियोगितामा कुल ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुष ४०० मिटर दौडमा नवराज कार्की र गोविन्द गिरीले सहभागिता जनाए। त्यस्तै, सटपुट इभेन्टमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरे। गोविन्द गिरीले ज्याभ्लिन थ्रोमा समेत…
Read More
होलीमा खेलाडीको एकता: सातदोबाटो खेलकुद परिसरमा रंग र उमंग

होलीमा खेलाडीको एकता: सातदोबाटो खेलकुद परिसरमा रंग र उमंग

काठमाडौं – मिसन–२०२६ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा सञ्चालन भइरहेको राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा संलग्न खेलाडी तथा प्रशिक्षकहरूले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा होली पर्व उल्लासपूर्ण तरिकाले मनाए। राखेपको आयोजनामा सम्पन्न यस विशेष कार्यक्रममा परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, विभिन्न खेलका खेलाडी, प्रशिक्षक, तथा राष्ट्रिय खेल संघका पदाधिकारीहरू सहभागी भए। एकआपसमा रंग दलेर शुभकामना साटासाट गर्दै उनीहरूले होलीको उमंग साझा गरे। खेलाडीहरू प्रायः कडा प्रशिक्षणमा व्यस्त रहने भएकाले उनीहरूलाई मानसिक ताजगी र आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्। खेल मैदानमा अनुशासन र मेहनतका साथ संघर्षरत खेलाडीहरूको दैनिकीमा यस पर्वले नयाँ उर्जा थपेको छ। रंग र उत्साहको…
Read More
नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना हुँदै

नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना हुँदै

काठमाडौं – नेपालमा पहिलो पटक फ्रिस्टाइल चेस प्रतियोगिता आयोजना गरिने भएको छ। आगामी चैत १ गते ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को आयोजना गर्नेछ। एकेडेमीको वार्षिकोत्सवको अवसरमा हुन लागेको यो प्रतियोगिता नेपाली चेस खेलको क्षेत्रमा नयाँ प्रयोगको रुपमा आएको छ। हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूका अनुसार, परम्परागत चेस खेललाई रोचक बनाउन अमेरिकाका पूर्वविश्व च्याम्पियन ग्रान्डमास्टर बबी फिसरले फ्रिस्टाइल चेसको अवधारणा ल्याएका थिए। सोही शैलीमा नेपालमा फ्रिस्टाइल चेस भित्र्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता लिग कम नकआउट प्रारूपमा सञ्चालन गरिनेछ। चिफ आर्बिटर याइशाष यासिर खम्बूकाका अनुसार, सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरिनेछ। समूह चरणका खेलहरू हिमालयन चेस एकेडेमीको थापाथलीस्थित…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल