Elite News Nepal

प्रमुख समाचार

काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा निर्वाचन सम्पन्न

काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा निर्वाचन सम्पन्न

काठमाडौं, असार २८ – काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा कार्यसमिति निर्वाचन २०८२ साल असार २८ गते शनिबार पुष्पलाल मेमोरियल स्कुलमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। साथै, काठमाडौं जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि तथा नेपाल डजबल महासंघ तदर्थ समितिका प्रतिनिधिको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ, जसअनुसार अध्यक्षमा भीष्मराज ढकाल, उपाध्यक्षमा विनोद अधिकारी, सचिवमा श्यामबहादुर श्रेष्ठ, कोषाध्यक्षमा शोभा ठाकुर तथा सदस्यहरूमा पवित्रा घिमिरे नेपाल, रेखा लामा, मनिष ढकाल, मदनबहादुर बिक र कौशल ज्ञवाली चयन भएका…
Read More
नेपाल उज्वेकिस्तानसँग पेनाल्टीमा पराजित, महिला एशियन कप २०२६ खेल्ने सपना अधुरै

नेपाल उज्वेकिस्तानसँग पेनाल्टीमा पराजित, महिला एशियन कप २०२६ खेल्ने सपना अधुरै

काठमाडौं। नेपालको महिला राष्ट्रिय फुटबल टोली एएफसी महिला एशियन कप २०२६ छनोट चरणको समूह ‘एफ’ अन्तर्गतको अन्तिम र निर्णायक खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। निर्धारित ९० मिनेटको खेल ३–३ गोलको रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो, जहाँ नेपाल ४–२ ले पराजित भयो। नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गर्दै तीनवटै गोल गरिन्। उज्वेकिस्तानका लागि खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले समान रूपमा एक–एक गोल गरे। समान अंक र गोलअन्तर रहेकाले अन्तिम खेल नै निर्णायक बनेको थियो। पेनाल्टीमा उज्वेकिस्तानले राम्रो प्रदर्शन गर्दै एएफसी महिला एशियन कप २०२६ का लागि अष्ट्रेलियाको यात्रा तय गर्‍यो भने नेपालको…
Read More
इन्डोनेसियामाथि नेपालको ३७० रनको ऐतिहासिक जित

इन्डोनेसियामाथि नेपालको ३७० रनको ऐतिहासिक जित

काठमाडौं – मलेसियाको सेलाङ्गोरमा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आइतबार इन्डोनेसियामाथि ३७० रनको विशाल अन्तरले जित दर्ता गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ। यो जितसँगै नेपाल समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ। इन्डोनेसियासँगको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न आएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रन बनायो। नेपालको पारीमा प्रसिद्ध महराले उत्कृष्ट प्रदर्शन गर्दै १३२ रनको शानदार शतक प्रहार गरे। उनले ११५ बलमा १५ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै परिमार्जन यादवले २८ बलमा ७१ रन, रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन, जोय थापाले ४१ बलमा ५७…
Read More
गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफलाई

गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफलाई

पोखरा — पोखराको रंगशालास्थित ह्याण्डबल कोर्टमा सम्पन्न गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफ क्लबले आफ्नो नाम गरेको छ। त्रिभुवन आर्मीलाई फाइनलमा ३१–१७ ले पराजित गर्दै एपिएफले विजेता भएर एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आर्मीले ५० हजार रुपैयाँ हात पारेको छ। नवौं राष्ट्रिय खेलकुद पश्चात ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा मानिएको यस टूर्नामेन्टमा ८ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिता १२ गतेदेखि १४ गतेसम्म चलेको थियो। आयोजक गण्डकी प्रदेशसहित बागमति, मधेश, लुम्बिनी, कर्णाली प्रदेश र विभागीय क्लब एपिएफ तथा आर्मीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता लिग कम नकआउट विधिबाट संचालन गरिएको थियो।…
Read More
दोस्रो दिन एथलेटिक्समा रेकर्डको वर्षा ४ नयाँ कीर्तिमान

दोस्रो दिन एथलेटिक्समा रेकर्डको वर्षा ४ नयाँ कीर्तिमान

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन एथलेटिक्सतर्फ चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन्। छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड, छात्र र छात्रा दुवै ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमानी प्रदर्शन देखिएको हो। यसअघि पहिलो दिन दुई कीर्तिमान बनेका थिए, जससँगै दुई दिनमा जम्मा छ वटा कीर्तिमान कायम भइसकेका छन्। लुम्बिनी प्रदेशका राहुल थारुले छात्र ज्याभ्लिन थ्रोमा २७ वर्ष पुरानो कीर्तिमान भंग गर्दै नयाँ इतिहास रचे। उनले ५७.४० मिटरको थ्रो गर्दै २०५५ सालमा धीरेन्द्रजंग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान तोडे। त्यस्तै, गण्डकी प्रदेशकी नारायणी भण्डारीले छात्रा ८ सय…
Read More
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि काठमाडौंमा सुरु हुँदै

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आगामी  जेठ २५ गते आइतबार देखि काठमाडौंमा सुरु हुने भएको छ। प्रतियोगितामा सातवटै प्रदेशबाट छानिएका ४७६ जना विद्यालय तहका खेलाडीहरूले सहभागिता जनाउने छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिता सम्बन्धी जानकारी दिँदै विद्यालय तहमा लुकेर रहेका प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र–छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र–छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेट गरी छवटा खेल समावेश गरिएका छन्। एथलेटिक्समा छात्र–छात्रा तर्फ समान ६–६ स्पर्धा, टेबलटेनिस र ब्याडमिन्टनमा छात्र–छात्रा तर्फ समान…
Read More
विश्वकप लिग–२: नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै नेपालको सानदार जित

विश्वकप लिग–२: नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित दर्ता गरेको छ। नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्‍यो। यस जितसँगै नेपालले प्रतियोगितामा १४ खेलमा १० अंक जोड्दै लिग तालिकाको सातौँ स्थानमा उक्लिएको छ। नेपालको जितमा आरिफ शेखले ७८ रनको अर्धशतकीय पारी खेले। उनले ९९ बलमा पाँच चौका प्रहार गरे। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा अविजित ३८ रन बनाउँदै आरिफसँग पाँचौँ विकेटका लागि ८९ रनको साझेदारी गरे, जसले जितमा निर्णायक भूमिका खेल्यो। ओपनर कुशल भुर्तेलले ४२ बलमा २५ रन…
Read More
कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन

विराटनगर- कोशी प्रदेशमा डजबल खेलको संगठनात्मक विकास र विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले १३ सदस्यीय कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ। थानेश्वर ढकालको संयोजकतामा गठित समितिमा, उपाध्यक्षमा जनार्दन मैनाली र काजी बहादुर कार्की, सचिवमा गोपाल निरौला, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, र सदस्यहरूमा खगेन्द्र पोखरेल, छिरिङ भोटे, खिलकुमार सुवेदी, प्रेम सुब्बा, भवानी प्रसाद पाठक, विवश प्रधान, रमीला नेपाली र केबलमणि रिजाल रहेका छन्। थानेश्वर ढकालका अनुसार, यस समितिको गठनसँगै डजबल खेलको प्रवर्धन, संरचना विस्तार, र प्रतियोगिता सञ्चालनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। कोशी प्रदेशमा डजबललाई विद्यालय, जिल्ला र प्रदेशस्तरमा संस्थागत बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दिशामा…
Read More
झापा जिल्ला डजबल संघको तदर्थ समिति गठन

झापा जिल्ला डजबल संघको तदर्थ समिति गठन

झापा – झापा जिल्लामा डजबल खेलको व्यापक विकास र विस्तारलाई थप गति दिनका लागि झापा जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघका तदर्थ समिति महासचिव अरुण तिमल्सिनाका अनुसार उक्त समिति गठनको निर्णय गत जेठ ८ गते बसेको बैठकबाट गरिएको हो। समितिको संयोजकको जिम्मेवारी हेडम्बराज निरौलालाई दिइएको छ भने अन्य सदस्यहरूमा समीर पोखरेल, आरोग्य तिम्सिना, मोहम्मद जाहिर रहमान, रेखा देवी साफी, सन्ध्या कुमारी डंगोल, र मन माया तिम्सिना रहेका छन्। समितिको संयोजक हेडम्बराज निरौलाले धन्यवाद ज्ञापन गर्दै झापा जिल्लाभित्र डजबल खेललाई विद्यालय स्तरदेखि नै व्यापक रूपमा विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निरौला समाजसेवी समेत…
Read More
मोरङ जिल्ला डजबल संघकाे तदर्थ समिति गठन

मोरङ जिल्ला डजबल संघकाे तदर्थ समिति गठन

मोरङ– मोरङ जिल्लामा डजबल खेलको प्रवर्द्धन र संस्थागत विकासका लागि मोरङ जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघका संस्थापक महासचिव तथा केन्द्रिय प्रतिनिधि अरुण तिमल्सिनाको अध्यक्षता र मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज बहादुर श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भेलाबाट उक्त समिति गठन गरिएको हो। समितिको अध्यक्षमा रेवती रमण दाहाल चयन भएका छन् भने याबुक राई उपाध्यक्ष, दिनेश पौडेल सचिव, र सीता श्रेष्ठ कोषाध्यक्ष चयन भएका छन्। त्यसैगरी समितिका सदस्यहरूमा सञ्चिता भुजेल, लैन बहादुर योञ्जन, मोहम्मद तारीक अनुवर, प्रेमनाथ माझी र वेद प्रकाश दाहाल सर्वसम्मत रूपमा चयन भएका छन्। सो अवसरमा बोल्दै अरुण तिमल्सिनाले मोरङमा डजबलको…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल