Elite News Nepal

नेपाल उज्वेकिस्तानसँग पेनाल्टीमा पराजित, महिला एशियन कप २०२६ खेल्ने सपना अधुरै

Advertisement

काठमाडौं। नेपालको महिला राष्ट्रिय फुटबल टोली एएफसी महिला एशियन कप २०२६ छनोट चरणको समूह ‘एफ’ अन्तर्गतको अन्तिम र निर्णायक खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो, जहाँ नेपाल ४–२ ले पराजित भयो।

नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गर्दै तीनवटै गोल गरिन्। उज्वेकिस्तानका लागि खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले समान रूपमा एक–एक गोल गरे।

समान अंक र गोलअन्तर रहेकाले अन्तिम खेल नै निर्णायक बनेको थियो। पेनाल्टीमा उज्वेकिस्तानले राम्रो प्रदर्शन गर्दै एएफसी महिला एशियन कप २०२६ का लागि अष्ट्रेलियाको यात्रा तय गर्‍यो भने नेपालको अभियान यहीं अन्त्य भएको छ।

यो हारसँगै नेपालले दोस्रोपटक एएफसी महिला एशियन कप खेल्ने अवसर गुमाएको हो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल