Elite News Nepal

काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा निर्वाचन सम्पन्न

Advertisement

काठमाडौं, असार २८ – काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा कार्यसमिति निर्वाचन २०८२ साल असार २८ गते शनिबार पुष्पलाल मेमोरियल स्कुलमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। साथै, काठमाडौं जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि तथा नेपाल डजबल महासंघ तदर्थ समितिका प्रतिनिधिको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ, जसअनुसार अध्यक्षमा भीष्मराज ढकाल, उपाध्यक्षमा विनोद अधिकारी, सचिवमा श्यामबहादुर श्रेष्ठ, कोषाध्यक्षमा शोभा ठाकुर तथा सदस्यहरूमा पवित्रा घिमिरे नेपाल, रेखा लामा, मनिष ढकाल, मदनबहादुर बिक र कौशल ज्ञवाली चयन भएका छन्।

कार्यक्रममा विशेष अतिथिका रूपमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शारदा दाहाल, बूढानीलकण्ठ नगरपालिका १० का वडा अध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराई, वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराई,  अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय कुमार अर्याल, नेपाल क्योकुशिन कराँतेका सहायक प्रशिक्षक सन्जु महार्जन, कलाकार आशोक धिताल, अर्जुन तिमल्सिना, सुमन ज्योति न्यौपाने, रत्न श्रेष्ठ,  लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यसअघि, २०८१ साल चैत १० गते काठमाडौं जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको थियो, जसका संयोजक नारायण वाग्ले थिए। उक्त समितिले बागमती प्रदेश खेलकुद विकास परिषद्को निर्देशनअनुसार आवश्यक प्रक्रिया पुरा गरी साधारण सभा तथा निर्वाचन सम्पन्न गरेको हो।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल