Elite News Nepal

प्रमुख समाचार

राष्ट्रिय खेलकुद परिषद्को १२४औँ बोर्ड बैठक सम्पन्न

राष्ट्रिय खेलकुद परिषद्को १२४औँ बोर्ड बैठक सम्पन्न

काठमाडौं— युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औँ बोर्ड बैठक सम्पन्न भएको छ। बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–२०८१ लाई तेस्रो संशोधनसहित पारित गरेको छ। साथै, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्न खेल संख्या र खेलाडी कोटासम्बन्धी विषयमा कार्यकारी समितिले आवश्यक छलफल गरी सिफारिस गर्ने निर्णय गरेको छ। तयारीका लागि प्रदेश खेलकुद परिषद् तथा विभागीय टिमहरूलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले नेपाल सरकारबाट विनियोजन भएको चालु आर्थिक वर्षको वार्षिक योजना, कार्यक्रम तथा बजेट, साथै परिषद्को आन्तरिक अनुमानित आय–व्यय विवरण पारित गरेको छ। अन्तर्राष्ट्रिय खेलकुद…
Read More
कांस्य विजेता रेनुलाई राखेपद्वारा सम्मान

कांस्य विजेता रेनुलाई राखेपद्वारा सम्मान

काठमाडौं।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँचौं एसियाली युथ पारा खेलकुद अन्तर्गत तेक्वान्दो प्रतियोगितामा कांस्य पदक जितेकी खेलाडी रेनु तामाङ तथा उनका प्रशिक्षक कविराज नेगी लामालाई बधाई दिएको छ। राखेपका सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा रेनु तामाङ र प्रशिक्षक नेगी लामालाई भेट गरी बधाई तथा सम्मान गर्दै आगामी दिनमा अझ ठूलो सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरे। रेनु तामाङले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म आयोजना भएको पाँचौं एसियाली युथ पारा खेलकुदमा के–४४ क्याटगोरी अन्तर्गत महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य पदक जितेकी हुन्। उनको यो उपलब्धिलाई नेपाली खेलकुद क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ। रेनु हाल राखेपले सञ्चालन गरिरहेको ‘मिसन–२०२६’…
Read More
इन्डो नेपाल टी–२० च्याम्पियनसिपको तयारी पूरा

इन्डो नेपाल टी–२० च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा हुने इन्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेटको तयारी पूरा भएको छ । प्रतियोगिता यही पौष ४ देखि १३ गतेसम्म गौतम बुद्ध क्रिकेट मैदानमा आयोजना हुने संघले जनाएको छ । प्रतियोगितामा नेपालबाट नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चितवन क्रिकेट क्लब सहभागी हुनेछन् । यस्तै भारतबाट कोलकाताको कोलकाता इन्स्टिच्युट क्लब र दिल्लीको दिल्ली वन्डरर्स क्लब गरी दुई टोलीको सहभागिता रहनेछ । भारतीय टोलीमा रणजी र आईपीएलको अनुभव भएका खेलाडी समावेश हुने आयोजकले जानकारी दिएको छ । यस प्रतियोगिताले नेपाल र भारतबीचको खेलकुद सम्बन्ध थप प्रगाढ बनाउने विश्वास आयोजकको छ ।…
Read More
३ सय खेलाडीसहित अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता हुने

३ सय खेलाडीसहित अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता हुने

काठमान्डौ।‌ ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना तथा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा तेस्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार हुने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले देशभरका विभिन्न विद्यालयबाट करिब ३ सय खेलाडीको सहभागिता रहने जानकारी दिइन्। उनले स्केटिङलाई पर्यावरणमैत्री खेलका रूपमा उल्लेख गर्दै यसले शारीरिक स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासमा योगदान पु¥याउने बताइन्। नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव सत्य थापाका अनुसार प्रतियोगितामा छात्र र छात्रातर्फ समान ६–६ गरी १२ स्पर्धा हुनेछन्। ६ वर्षमुनिदेखि १६ वर्षसम्मका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर दिइनेछ। एकदिने प्रतियोगिता…
Read More
सुरम्य शाक्यलाई यु–१६ गल्र्स सिंगल्समा स्वर्ण

सुरम्य शाक्यलाई यु–१६ गल्र्स सिंगल्समा स्वर्ण

काठमाडौं। ललितपुर महानगरपालिका–८ की सुरम्य शाक्यले पाँचौँ अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्सतर्फ स्वर्ण पदक जितेकी छन्। मंगलबार भएको फाइनलमा जित निकाल्दै सुरम्य प्रतियोगितामा स्वर्ण जित्ने पहिलो खेलाडी बन्न सफल भइन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनल खेलमा सुरम्यले भक्तपुर–५ की नर्मदा खाइतुलाई ११–४, ११–५, ८–११ र ११–५ को सेटमा पराजित गरिन्। प्रतियोगितामा भक्तपुर–२ की उरवी सुवाल र ललितपुर–१७ की अर्सना महर्जन संयुक्त रूपमा तेस्रो स्थानमा रहे। स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुष तथा महिला सिंगल्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। अनरको मुख्य प्रायोजन तथा एनआईइसी एजुकेसन कन्सल्टेन्सी र…
Read More
काठमाडौंमा १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो शुक्रबारदेखि

काठमाडौंमा १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं । आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आगामी शुक्रबार र शनिबार आयोजना हुनेछ। आइओएफटिसीका संस्थापक तथा निर्देशक दिवाकर महर्जनका अनुसार इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षको यात्रा पूरा गरिसकेको छ। सन् २००० मा सुरु भएको यो प्रतियोगिता अहिले १५ औँ संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय स्तरमा व्यापक पहिचान बनाइसकेको उहाँले बताउनुभयो। उहाँका अनुसार आइओएफटिसीले तेक्वान्दोमार्फत खेल भावना, मैत्री र अन्तर्राष्ट्रिय एकताको प्रवर्द्धन गर्दै आएको छ। आइओएफटिसी नेपालका अध्यक्ष मिनप्रसाद खनालले १५ औँ संस्करण आयोजना गर्ने अवसर नेपाललाई पुनः प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँका अनुसार…
Read More
मलेसियामा हुने एशियन डजबल च्याम्पियनसिपका लागि नेपाली टोली जाँदै

मलेसियामा हुने एशियन डजबल च्याम्पियनसिपका लागि नेपाली टोली जाँदै

काठमाडौं- नेपालले आगामी मंसिर ४ देखि ७ गतेसम्म मलेसियामा आयोजना हुने एशियन डजबल च्याम्पियनसिप–२०२५ मा पहिलोपटक सहभागिता जनाउन लागेको छ। मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने यस महत्त्वपूर्ण प्रतियोगितामा सहभागी हुने उद्देश्यले १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मङ्गलवार मलेसिया प्रस्थान गर्दैछ। यो सहभागितालाई नेपाली डजबल खेलको इतिहासमा ठूलो उपलब्धिको रूपमा हेरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले बिदाइ समारोहमार्फत शुभकामना सहित बिदाइ गरेका थिए। उनले पहिलो ऐतिहासिक सहभागिताले नेपालमा डजबल खेलको वृद्धि, लोकप्रियता र अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। प्रतियोगिताका लागि नेपाली टोलीलाई विभिन्न निजी क्षेत्रका संस्थाहरूले सहयोग गरेका छन्। जर्सी…
Read More
आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

काठमाडौं — रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदयिमान युवा गल्फर अवानी राईबीच बुधबार सम्झौता भएको छ। व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि अवानीको अभिभावक मनोज खालिङ र क्लबका अध्यक्ष दमन घलेबीच सम्झौता भएको हो। सम्झौता अनुसार, आरसीएचजीले अवानीलाई भारतको बेंगलोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा एक वर्षको प्रशिक्षण छात्रवृत्ति प्रदान गर्नेछ। सो अवधिमा उनको अध्ययन पनि सँगै अघि बढाइनेछ। अवानीको तालिम र अध्ययनमा लाग्ने कुल खर्च मध्ये ८० प्रतिशत आरसीएचजीले र बाँकी २० प्रतिशत परिवारले व्यहोर्नेछ। यो छात्रवृत्ति आरसीएचजीको प्रमुख परियोजना “गल्फ फर अल” अन्तर्गतको पहिलो कार्यक्रम हो। यस कार्यक्रमको उद्देश्य देशभरका युवाहरू, विशेषगरी महिलाहरूलाई गल्फ खेलप्रति आकर्षित गर्दै…
Read More
मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस कात्तिक १८ देखि

मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस कात्तिक १८ देखि

काठमाडौं— होटल मिस्टिक माउन्टेनको आयोजनामा मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता आगामी कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यका अनुसार सात उमेर समूह र दुई खुला गरी जम्मा १६ स्पर्धामा करिब २०० खेलाडीले सहभागिता जनाउनेछन्। प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ का बालक तथा बालिका सिंगल्स, साथै यू–१६ बालक तथा बालिका डबल्समा प्रतिस्पर्धा हुनेछ।खुला वर्गमा पुरुष र महिला सिंगल्सका खेल हुनेछन्। दोस्रो संस्करणको प्रतियोगितामा उमेरसमूहका स्पर्धालाई निरन्तरता दिँदै खुला वर्गका प्रतिस्पर्धा थप गरिएको हो। सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ। नेपाल टेनिस संघको सहयोग र जुनियर टेनिस इनिसिएटिभ (JTI) को संयोजनमा आयोजना…
Read More
प्रहरी श्रीमती संघद्वारा स्वर्ण पदक विजेता एरिका गुरुङ सम्मानित

प्रहरी श्रीमती संघद्वारा स्वर्ण पदक विजेता एरिका गुरुङ सम्मानित

काठमाडौं, असोज २६ – अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक जितेकी एरिका गुरुङलाई नेपाल प्रहरी श्रीमती संघले नगदसहित सम्मान गरेको छ। गत असोज १७ देखि १९ सम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा एरिकाले नेपालका लागि पहिलोपटक स्वर्ण पदक जितेकी थिइन्। यस उल्लेखनीय उपलब्धिको कदर गर्दै नेपाल प्रहरी श्रीमती संघले आइतबार भृकुटीमण्डपस्थित कार्यालयमा आयोजित कार्यक्रममा एरिकालाई २५ हजार पाँच सय ५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो। संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई सम्मान गर्दै नेपाल प्रहरी परिवारले एरिकाको उपलब्धिमा गर्व महसुस गरेको बताइन्। सो अवसरमा संघले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक तथा १३औं दक्षिण एसियाली…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल