Skip to main content

Elite News Nepal

काठमाडौंमा १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो शुक्रबारदेखि

Advertisement

काठमाडौं । आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आगामी शुक्रबार र शनिबार आयोजना हुनेछ।

आइओएफटिसीका संस्थापक तथा निर्देशक दिवाकर महर्जनका अनुसार इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षको यात्रा पूरा गरिसकेको छ। सन् २००० मा सुरु भएको यो प्रतियोगिता अहिले १५ औँ संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय स्तरमा व्यापक पहिचान बनाइसकेको उहाँले बताउनुभयो। उहाँका अनुसार आइओएफटिसीले तेक्वान्दोमार्फत खेल भावना, मैत्री र अन्तर्राष्ट्रिय एकताको प्रवर्द्धन गर्दै आएको छ।

आइओएफटिसी नेपालका अध्यक्ष मिनप्रसाद खनालले १५ औँ संस्करण आयोजना गर्ने अवसर नेपाललाई पुनः प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँका अनुसार अमेरिकाको पोर्टल्यान्डस्थित मुख्य कार्यालयबाट प्रत्येक दुई वर्षमा आयोजना हुने यो प्रतियोगिता पालैपालो अमेरिका र अमेरिका बाहिर सञ्चालन हुँदै आएको छ। हालसम्म पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण तथा भारत, बेलायत, हङकङ, मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करण सम्पन्न भइसकेका छन्।

आइओएफटिसी नेपालका महासचिव गिरिबहादुर सुनारले यस संस्करणलाई अझ भव्य बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो। प्रतियोगिताको अन्तिम दिन सांस्कृतिक महोत्सव पनि आयोजना गरिनेछ, जसले नेपालको सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मैत्रीको सन्देश प्रस्तुत गर्ने उहाँले बताउनुभयो।

प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काका अनुसार नेपालसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स र बंगलादेशलगायत देशका खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा करिब एक हजार खेलाडी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहनेछ।

वल्र्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधा समावेश छन्। सिनियर, जुनियर र क्याडेट वर्गमा विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुम्सेमा व्यक्तिगत, जोडी र टिम इभेन्ट समावेश गरिएको छ। साथै बोर्ड ब्रेकिङ इभेन्ट पनि प्रतियोगितामा समेटिएको छ।

प्रतियोगितामा कूल २२२ स्वर्ण, २२२ रजत र ४४४ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। विजेतासँगै उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख २५ हजार रुपैयाँ रहेको छ।

यो प्रतियोगिता सन् २०२६ मा अस्ट्रेलियामा हुने १६ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली खेलाडी छनोटको आधार पनि हुनेछ। सोही अवसरमा कुकिवनका प्रशिक्षक मिन हाक सिओ नेपाल भ्रमणमा आउनेछन् र प्रतियोगिताको पहिलो दिन पुम्से सेमिनार सञ्चालन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल