Skip to main content

Elite News Nepal

सुरम्य शाक्यलाई यु–१६ गल्र्स सिंगल्समा स्वर्ण

Advertisement

काठमाडौं। ललितपुर महानगरपालिका–८ की सुरम्य शाक्यले पाँचौँ अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्सतर्फ स्वर्ण पदक जितेकी छन्। मंगलबार भएको फाइनलमा जित निकाल्दै सुरम्य प्रतियोगितामा स्वर्ण जित्ने पहिलो खेलाडी बन्न सफल भइन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनल खेलमा सुरम्यले भक्तपुर–५ की नर्मदा खाइतुलाई ११–४, ११–५, ८–११ र ११–५ को सेटमा पराजित गरिन्। प्रतियोगितामा भक्तपुर–२ की उरवी सुवाल र ललितपुर–१७ की अर्सना महर्जन संयुक्त रूपमा तेस्रो स्थानमा रहे।

स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुष तथा महिला सिंगल्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। अनरको मुख्य प्रायोजन तथा एनआईइसी एजुकेसन कन्सल्टेन्सी र एभरेष्ट फेसनको सह–प्रायोजनमा भइरहेको प्रतियोगिता शनिबारसम्म जारी रहनेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल