Skip to main content

Elite News Nepal

कांस्य विजेता रेनुलाई राखेपद्वारा सम्मान

Advertisement

काठमाडौं।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँचौं एसियाली युथ पारा खेलकुद अन्तर्गत तेक्वान्दो प्रतियोगितामा कांस्य पदक जितेकी खेलाडी रेनु तामाङ तथा उनका प्रशिक्षक कविराज नेगी लामालाई बधाई दिएको छ।

राखेपका सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा रेनु तामाङ र प्रशिक्षक नेगी लामालाई भेट गरी बधाई तथा सम्मान गर्दै आगामी दिनमा अझ ठूलो सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरे।

रेनु तामाङले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म आयोजना भएको पाँचौं एसियाली युथ पारा खेलकुदमा के–४४ क्याटगोरी अन्तर्गत महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य पदक जितेकी हुन्। उनको यो उपलब्धिलाई नेपाली खेलकुद क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ।

रेनु हाल राखेपले सञ्चालन गरिरहेको ‘मिसन–२०२६’ कार्यक्रम अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी खेलाडी हुन्। उनको सफलताले भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

उक्त अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल