19
Jan
काठमाडौं। वल्र्ड ओलम्पियन एसोसिएसनको अनलाइन जनरल एसेम्बलीबाट नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट कार्यसमितिमा एसिया क्षेत्रको प्रतिनिधि रूपमा निर्वाचित भएका छन्। स्वीडेनकी पूर्व अल्पाइन स्की खेलाडी, दुई पटक ओलम्पिक च्याम्पियन र चार पटक विश्व च्याम्पियन पर्निला विबर्ग अध्यक्ष पदमा निर्वाचित भइन्। अनलाइन निर्वाचन प्रक्रियामा विश्वभरबाट १५५ प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
