Skip to main content

Elite News Nepal

बागमती प्रदेश डजबल संघको अधिवेशन सम्पन्न

Advertisement

काठमाडौँ। बागमती प्रदेश डजबल संघको अधिवेशन तथा साधारण सभा शनिबार पौष १२ गते काठमाडौँ स्थित पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुलमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइ कृष्ण बलामी, विशेष अतिथि नेपाल डजबल महासंघका संयोजक अरुण तिमल्सिना, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका पूर्व निर्देशक एवं खेलविज्ञ केशव राज गौतमकाे उपस्थिति रहेको थियो।

अधिवेशनबाट महेन्द्र विष्टअध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ। यस्तै वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ, सचिवमा विनोद कोइराला, कोषाध्यक्षमा रूपश्री ढुंगाना तथा सदस्यहरूमा मन्दिरा कुमारी दहाल, शोभा श्रेष्ठ, लक्ष्मण सुनार, विकास अधिकारी र राजाराम पण्डित क्षेत्री निर्वाचित हुनु भएको छ। साथै, विजय कृष्ण महर्जन र कपूर थापा उपाध्यक्ष पदमा मनोनीत हुनु भएको छ भने हरिबंश पराजुली सदस्य पदमा मनोनीत हुनु भएको छ।

कार्यक्रममा हालै मलेसियामा सम्पन्न एसियन डजबल च्याम्पियनसिपमा २०२५ मा सहभागी भई स्वदेश फर्किएका राष्ट्रिय डजबल टोली तथा उक्त प्रतियोगितामा सहयोग पुर्‍याउने प्रायोजक एवं सहयोगी संस्थाहरूलाई प्रमुख अतिथि काठमान्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाईकृष्ण बलामी द्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा ललितपुर जिल्ला डजबल संघका अध्यक्ष सुरज राज थला, काठमाडौँ जिल्ला डजबल संघका अध्यक्ष भीष्मराज ढकाल, काभ्रे जिल्ला डजबल संघका उपाध्यक्ष रामचन्द्र देउजा, पुष्पलाल मेमोरियल सेकेण्डरी स्कूलका प्रधानाध्यापक नारायण बाबु तिम्सिना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनले बागमती प्रदेशमा डजबल खेलको विकास, विस्तार तथा संस्थागत सुदृढीकरणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजक बागमती प्रदेश डजबल संघले जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल