20
Jan
काठमाडौं। आइसिसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत थाइल्यान्डले जिम्बावेविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन देखाएको छ। टस जितेर पहिले बलिङ रोजेको जिम्बावे विरुद्ध थाइल्यान्डले निर्धारित इनिङ्समा ११५ रन बनाएको थियो। टोलीका लागि नन्नापाट कोंचारोएनकाइले ५४ रन बनाउँदै सबैभन्दा ठूलो योगदान दिइन्। नत्थाकन चन्थामले २६ र कप्तान नारुएमोल चाइवाईले १३ रन बनाउँदै ब्याटिङलाई मजबुत बनाए। अन्त्यतिर सुलीपर्न लाओमी अविजित ९ रनमा रहेर टीमको कुल स्कोरलाई मजबुत बनाइन्। जिम्बावेका लागि एडेल जिमुनु र अड्री माज्भिशायाले समान २–२ विकेट लिइन् भने जोसेफिन नकोमोले १ विकेट हात पारिन्। जवाफमा ब्याटिङ गरेको जिम्बावेको तर्फा बाट मोडेस्टर मुपाचिक्वाले ३६ रन, केलिस न्धलोभुले २८…
