Skip to main content

Elite News Nepal

दक्षिणकालीमा छैटौँ मेयर कप र तेस्रो क्योकुशिन अलाइट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

Advertisement

काठमाडौं। छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति उपत्यकाव्यापी कराते च्याम्पियनशिप र तेस्रो क्योकुशिन अलाइट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता माघ २३ र २४ गते दक्षिणकाली नगरपालिका–१, चाल्नाखेलमा आयोजना हुने भएको छ।

दुईदिने प्रतियोगितामा पुरुष र महिला गरी विभिन्न तौलसमूहमा नेपाली तथा विदेशी खेलाडीको सहभागिता रहनेछ। नेपालका सातै प्रदेशका खेलाडीहरू विभिन्न डोजोबाट सहभागी हुनेछन् भने भारत, अस्ट्रेलिया र बंगलादेशका खेलाडीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा करिब २०० खेलाडी सहभागी गराउने लक्ष्य लिइएको छ।

प्रतियोगिताअन्तर्गत छैटौँ मेयर कप राष्ट्रिय कराते च्याम्पियनशिप, दशौँ केभिन रोहन मेमोरियल च्याम्पियनशिप तथा डान टेस्ट कार्यक्रम २०२६ समावेश गरिएको छ। विजयी खेलाडीहरूलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ भने सहभागी सबै खेलाडीलाई सम्मानस्वरूप मेडल वितरण गरिनेछ।

प्रतियोगिताको व्यवस्थापनका लागि विभिन्न संयोजक तोकिएका छन्। मञ्च व्यवस्थापनमा दिलबहादुर नगरकोटी र रघुवर नेपाल, अतिथि सत्कारमा लिला थापा मगर, भोजन व्यवस्थापनमा दिनेश कुमार नगरकोटी, प्रचार–प्रसार तथा स्वयंसेवक परिचालनमा राजेश तामाङ र कार्यक्रम संयोजनमा रामकुमार नगरकोटी रहनेछन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल