Skip to main content

Elite News Nepal

थाइल्यान्डले जिम्बावेलाई एक रनले हरायो

Advertisement
Photo Credit: CAN

काठमाडौं। आइसिसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत थाइल्यान्डले जिम्बावेविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन देखाएको छ।

टस जितेर पहिले बलिङ रोजेको जिम्बावे विरुद्ध थाइल्यान्डले निर्धारित इनिङ्समा ११५ रन बनाएको थियो। टोलीका लागि नन्नापाट कोंचारोएनकाइले ५४ रन बनाउँदै सबैभन्दा ठूलो योगदान दिइन्। नत्थाकन चन्थामले २६ र कप्तान नारुएमोल चाइवाईले १३ रन बनाउँदै ब्याटिङलाई मजबुत बनाए। अन्त्यतिर सुलीपर्न लाओमी अविजित ९ रनमा रहेर टीमको कुल स्कोरलाई मजबुत बनाइन्।

जिम्बावेका लागि एडेल जिमुनु र अड्री माज्भिशायाले समान २–२ विकेट लिइन् भने जोसेफिन नकोमोले १ विकेट हात पारिन्।

जवाफमा ब्याटिङ गरेको जिम्बावेको तर्फा बाट मोडेस्टर मुपाचिक्वाले ३६ रन, केलिस न्धलोभुले २८ , चिपो मुगेरी तिरिपानोले १९ र न्याशा ग्वान्जुराले १६ रन जोड्दै खेललाई अन्तिमसम्म प्रतिस्पर्धात्मक बनाइन्। जोसेफिन नकोमो अविजित १२ रनमा रहे पनि टोलीले ११४ रन मात्रै बनाउन सफल भयो र लक्ष्य पूरा गर्न एक रनले असफल रह्यो।

थाइल्यान्डका लागि थिपाच्चा पुथ्थावोङले २ र सुनिदा चातुरोङ्ग्रत्तनाले १ विकेट लिइन्। निर्णायक रनआउट र सामूहिक फिल्डिङ थाइल्यान्डको जीतमा निर्णायक साबित भयो।

यस जितसँगै थाइल्यान्डले प्रतिस्पर्धात्मक खेलमा आफ्नो दृढता देखाउँदै जिम्बावेविरुद्ध यादगार सफलता दर्ता गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

काठमाडौँ । श्रमिकका सरोकारलाई पार्टीको नीति निर्माण तहमा उठाउने एजेन्डासहित युवा नेता सुनिल केसी नेपाली कांग्रेसको केन्द्रीय स...
International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल