Elite News Nepal

Year: 2026

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टोलीलाई सम्मान गरेको छ । तारर्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले अस्ट्रेलियाको गोलकोष्टमा भएको अन्तराष्ट्रिय फुटसल प्रतियोगितमा सहभागी टोलीलाई एक कार्यक्रमबीच सम्मान गरे । उक्त प्रतियोगितामा सम्पूर्ण थापा, अन्जल ढकाल, दिपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षेत्रीले यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए । सोही अवसरमा अफिसियल दिलबहादुर बुढाथोकी र सुमन तिमल्सिना पनि सम्मानित भए । कार्यक्रममा विद्यालयका अध्यक्ष लिलबहादुर पुन, विद्यालयका प्रधानाध्यापक टकबहादुर थापा, काठमाडौं प्याब्सनका उपाध्यक्ष धनबहादुर पुनलगायतको उपस्थिति रहेको थियो ।
Read More
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । एलए ‘रातो’ ले स्वस्तिश्री गुरुकुललाई २–० तथा एलए ‘नीलो’ ले कान्जिरोवालाई १–० गोलले पराजित गरे । बास्केटबलमा पुष्पसदन दोहोरो उपाधिनजिक पुगेको छ । ब्वाइजमा पुष्पसदनले एलए तथा गल्र्समा पुष्पसदनले ज्ञानोदयसंग उपाधिका लागि खेल्ने छ । टेबलटेनिसतर्फ यु–१३ सिंगल्सको ब्वाइजमा रिभानमुनि वज्राचार्य र गल्र्समा आरम्भ संस्कार विद्यालयकी यमिला श्रेष्ठ, मिक्स डबल्समा आरम्भका निश्चल थापा र प्राज्ना महर्जनको जोडी, टिम इभेन्टको ब्वाइजमा डिएभी र गल्र्समा आरम्भ तथा यु–१६ गल्र्स सिंगल्समा एलएकी पमिला जोशीले स्वर्ण जिते ।
Read More
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । यससंगै समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुंगो लाग्यो । शत प्रतिशत जित निकालेको अक्षरा ६ अंकसाथ समूह विजेता भयो । २ मा जित र १ मा हार व्यहोरेको ग्यालेक्सी ४ अंकसहित समूह उपविजेता बन्यो । कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा अक्षराले ग्यालेक्सीलाई ४७ रन, आयोजक मातृभूमि स्कुललाई २५ रन र सहारा राष्ट्रिय विद्यालयलाई ९ विकेटले पराजित ग¥यो । ग्यालेक्सीले मातृभूमिलाई ९ विकेट तथा सहारालाई ३८ रनले हरायो । सान्त्वना जित हात पारेको मातृभूमिले सहारालाई…
Read More
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २० गते हुने भएको छ । अवार्ड कार्यक्रम स्थानिय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआईपीएका महासचिव शिवसुन्दर गोथेले जनाएका छन् । महासचिव गोथेका अनुसार काठमाडौं उपत्यका बाहिर पहिलोपटक अवार्ड कार्यक्रम हुन लागेको हो । विभिन्न २७ खेलका त्यत्तिनै संख्यामा खेलाडीलाई सम्मान गरिनेछ । त्यसबाहेक समान १–१ पुरुष÷महिला सर्वोत्कृष्ट खेलाडी र प्रतिभासाली खेलाडी, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार तथा एक वर्ष उत्कृष्ट पारा खेलाडीलाई सम्मान गरिनेछ।
Read More
UFC Returns to Mexico City as Brandon Moreno Headlines Fight Night Against Lone’er Kavanagh

UFC Returns to Mexico City as Brandon Moreno Headlines Fight Night Against Lone’er Kavanagh

The Ultimate Fighting Championship (UFC) returns to Arena CDMX this weekend with a major Fight Night event headlined by a pivotal flyweight showdown between former two-time champion Brandon Moreno and fast-rising contender Lone’er Kavanagh. The event will air live in Asia on Sunday, March, continuing UFC’s strong presence in the Latin American market. The main event carries major implications for the flyweight division, while a high-octane bantamweight co-main event adds further depth to the card. Main Event: Brandon Moreno vs Lone’er Kavanagh (Flyweight) Mexican star Brandon Moreno enters the contest as the No. 6 ranked flyweight, fighting on home soil…
Read More
तेजस्वी र केभीकेएसएस फाइनलमा

तेजस्वी र केभीकेएसएस फाइनलमा

काठमाडौं। आयोजक तेजस्वी एकेडेमी र काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित घरेलु कोर्टमा तेजस्वीले मानसिंहलाई २४–२२ को झीनोअन्तरले पराजित गर्यो । तेजस्वीकी एस्थर बरुवालले ८ अंक जोडिन् । अर्को सेमिफाइनलमा केभीकेएसएसले बेलमोन्ट इन्टरनेसनल स्कुललाई २२–१४ ले हरायो । केभीकेएसएसकी मुस्कान मितोकले १२ स्कोर गरिन् । ब्वाइजमा ह्वाइट हेभेन र एन्जल्स हार्ट उपाधिका लागि भिड्ने भएका छन् । ह्वाइट हेभेनले हिमालयलाई ५१–३९ ले पाखा लगायो । ह्वाइट हेभेनका राहुल सुनारले १५ अंक बटुले । संस्कृति शिक्षा सदन विरुद्धको खेलमा एन्जल्स हार्ट ४५–३६ ले विजयी…
Read More
टेनिस टोली भियतनाम जाने

टेनिस टोली भियतनाम जाने

काठमाडौं। वल्र्ड जुनियर टेनिस कम्पिटिसन प्रिक्वालिफाइङ (डब्लुजेटीसी) मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् । यू–१४ उमेरसमूहको प्रतियोगिता भियतनाममा हुनेछ। ब्वाइजमा सभ्यजंग कार्की, विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा गल्र्समा सारा पन्त, एरा खत्री र स्वराह थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् । गल्र्सको प्रतियोगिता मार्च २ देखि ७ तारिखसम्म हुनेछ । प्रशिक्षकसहित टोली शुक्रबार जाने छ । ब्वाइजको प्रतिस्पर्धा मार्च ९ देखि १४ तारिखसम्म हुनेछ । टोली मार्च ६ तारिख जाने कार्यक्रम छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
Read More
एलए र लोयल्टी उपाधिनजिक

एलए र लोयल्टी उपाधिनजिक

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) ‘ए’ र लोयल्टी एकेडेमी पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । हात्तीवनस्थित घरेलु मैदानमा एलए ‘ए’ ले जेम्सलाई १२–० को भारी गोलअन्तरले पराजित ग¥यो । लोयल्टीले एलए ‘बी’ ४–२ गोलले हरायो । ब्वाइज फुटसलमा स्वस्तिश्री गुरुकुल र कान्जिरोवा सेमिफाइनलमा पुगे । टेबलटेनिसको यु–१३ ब्वाइज सिंगल्समा डिएभीका रिभान वज्राचार्य तथा गोल्डेन सिद्धार्थका मिराज तामाङले फाइनलमा स्थान सुरक्षित गरे । गल्र्स टिम इभेन्टमा एलए, प्रज्ञा, जेम्स र आरम्भले सेमिफाइनलमा स्थान बनाए । यु–१६ ब्वाइज सिंगल्समा आरम्भका निश्चल थापा, एलएका अर्पित केडिया, डिएभीका निर्भाना, युनाइटेडका एप्रिन्स सुवेदी, एलएका नियोन महर्जन, युनाइटेडका संस्कार…
Read More
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन

मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन

  काठमाडौं। प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको बुधबार औपचारिक उद्घाटन भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर र आयोजक मातृभूमि स्कुलकी प्रिन्सिपल प्रकृति केसी पन्तले सानोठिमीस्थित मातृभूमिमा आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । खेल भने बिहीबारदेखि मात्र हुनेछ । उद्घाटनकै अवसरमा भेषावकर र केसीले ट्रफी पनि सर्वाजनिक गरेका थिए । प्रतियोगितामा ८ छात्र टिमको सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । समूह ‘ए’ मा जनप्रेमी वल्र्ड स्कुल, विनायक शिक्षा निकेतन, ग्लोबल…
Read More
हिमालय र संस्कृति सेमिफाइनलमा

हिमालय र संस्कृति सेमिफाइनलमा

काठमाडौं। हिमालय र संस्कृति शिक्षा सदन प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा हिमालयले तेजस्वीलाई ५०–४४ ले पराजित ग¥यो । हिमालयको जितमा अरुण कार्कीले २८ अंक योगदान गरे । रोमन गुरुङको २९ अंक सहयोगमा संस्कृतिले गुरुकुललाई ४१–३० ले हरायो । ह्वाइट हेभेन र एन्जल्स हार्टले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । ह्वाइट हेभेनले सेबलाई ५६–४४ ले पाखा लगायो । ह्वाइट हेभेनका विवेश बर्देवाले १४ अंक जोडे । एन्जल्स हार्टले रिलायन्सलाई ४९–३६ ले पन्छायो । एन्जल्स हार्टका रुपेश पौडेलले १६ स्कोर गरे । सेमिफाइनलमा एन्जल्स हार्टको भेट…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल