Skip to main content

Elite News Nepal

आईसीसी महिला टी–२० विश्वकप छनोट: अमेरिकाको पहिलो जित

Advertisement
Photo Credit: Cricket Association of Nepal (CAN)

काठमाडौं — आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गतको आठौँ खेलमा संयुक्त राज्य अमेरिकाले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।

टस जितेर अमेरिकाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा १४५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्‍यो। नामिबियाका लागि यासमिन खानले ४७ बलमा उत्कृष्ट ७४ रन बनाइन् भने मर्सेरली गोरासेसले २८ रन बनाइन्। अन्य खेलाडीहरूमा सुनि विटम्यानले ८, विल्का म्वाटिलेले १५, जुरिएने डियरगार्ड्टले ११, मेकलाये म्वाटिलेले ४ र नाओमी बेन्जामिनले २ रन जोडिन्।

अमेरिकाको बलिङतर्फबाट तारा नोरिसले ३ विकेट लिइन् भने इसानी वाघेलाले २ र सान्वी इम्माडीले १ विकेट हात पारिन्।

जवाफमा ब्याटिङ गरेको अमेरिकाका लागि एला क्लारिजले ५१ बलमा शानदार ७० रन बनाउँदै जितको आधार तयार गरिन्। ऋतु सिंहले २१, चेतना पग्याड्यालाले १५ र दिशा धिङ्ग्राले १२ रन बनाएर साथ दिइन्। अन्य खेलाडीहरूमा अदितिबा चुडासमाले ७, पूजा गणेशले ६, तारा नोरिसले ३ र इसानी वाघेलाले १ रन बनाइन्।

नामिबियाको बलिङतर्फबाट इभलिन केजारुकुआ र सैमा तुहाडेलेनीले समान २–२ विकेट लिँदा विल्का म्वाटिले र मेकलाये म्वाटिलेले १–१ विकेट लिए।

यस जितसँगै अमेरिकाले प्रतियोगितामा आफ्नो पहिलो सफलता हासिल गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल