Skip to main content

Elite News Nepal

Year: 2025

समाजसेवी राजेन्द्र कुमार मिश्रले लिए भक्तपुर डजबल संघ तदर्थ समितिको नेतृत्व

समाजसेवी राजेन्द्र कुमार मिश्रले लिए भक्तपुर डजबल संघ तदर्थ समितिको नेतृत्व

भक्तपुर – भक्तपुर जिल्लामा डजबल खेलको विकास र विस्तारका लागि भक्तपुर जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ। समितिको गठन कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा प्रमुख अतिथि र नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिना विशेष उपस्थितिमा आइतवार सात सदस्यीय समिति गठन गरिएको हो। समितिको नेतृत्वमा राजेन्द्र कुमार मिश्र अध्यक्ष, सरोज बस्नेत उपाध्यक्ष, शृजना मिश्र सचिव र सलिना बस्नेत कोषाध्यक्ष रहेका छन्। सदस्यहरूमा लक्ष्मण सुनार, जिवन श्रेष्ठ र निरन्जन राउत रहेका छन्। उक्त नवगठित समितिले जिल्लास्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म डजबल खेललाई प्रवर्द्धन गर्ने, खेलाडी उत्पादन, प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य…
Read More
नेशनल सिनियर गेम्स २०२५ अमेरिकामा अरुण राज भण्डारीको तीन पदक

नेशनल सिनियर गेम्स २०२५ अमेरिकामा अरुण राज भण्डारीको तीन पदक

आयोवा, अमेरिका — करिब पाँच दशक अघि नेपालको एक सानो गाउँबाट सुरु भएको यात्राले २०२५ मा अमेरिका पुगेर ऐतिहासिक उपलब्धिमा परिणति पाएको छ। बाँकेका अरुण राज भण्डारीले अमेरिकाको आयोवा राज्यको वेस्ट डेस मोइनमा सम्पन्न 'नेशनल सिनियर गेम्स २०२५' मा सहभागी भई तीन पदक जित्दै नेपाली समुदायको शिर उच्च बनाएका छन्। ६२ वर्षीय भण्डारीले मिश्रित युगलमा स्वर्ण, पुरुष एकलमा रजत, र पुरुष युगलमा कांस्य पदक जितेका हुन्। करिब १२,६०० खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगितामा उनले आफ्नो पहिलो सहभागितामै उल्लेखनीय सफलता हात पारेका हुन्। अरुणको ब्याडमिन्टन यात्रा झन्डै ५० वर्षअघि सुरु भएको हो, जब उनले १३ वर्षको उमेरमा राष्ट्रिय प्रशिक्षकसँग प्रशिक्षण लिन…
Read More
अशोक खड्का अस्ट्रेलियाका चार विश्व वरीयता तेक्वान्दो प्रतियोगितामा निर्णायक बन्ने

अशोक खड्का अस्ट्रेलियाका चार विश्व वरीयता तेक्वान्दो प्रतियोगितामा निर्णायक बन्ने

काठमाडौं– नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। उनी आगामी अगस्ट १४ देखि १७ सम्म अस्ट्रेलियाको गोल्ड कोस्टस्थित कारा रंगशालामा हुने जी–३ डब्लुटी प्रेसिडेन्ट कप ओसिएनिया, जी–३ प्रेसिडेन्ट कप पारा डिभिजन, जी–२ अस्ट्रेलियन ओपन, र पारा अस्ट्रेलियन ओपन गरी चार प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको रूपमा उपस्थित हुनेछन्। खड्काले ती प्रतियोगितामा ग्योरोगी ९लड़ाइँ० र पुम्से ९कला प्रदर्शन० दुवै विधामा निर्णायकको जिम्मेवारी लिनेछन्। यी प्रतियोगितामा उनी अघिल्ला संस्करणहरूमा पनि निर्णायकको रूपमा काम गरिसकेका छन्, जसले उनको अनुभव र क्षमतालाई झनै पुष्ट गर्छ। अस्ट्रेलिया प्रस्थान गर्नु अघि खड्काले अगस्ट…
Read More
आरआरए रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु

आरआरए रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु

काठमाडौं – रेडियन्ट राइडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ शिल्ड क्रिकेट प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुने भएको छ। प्रतियोगितामा आयोजक एकेडेमीका २ टिमसहित १५ छात्र टिमको सहभागिता रहनेछ। प्रतियोगितासम्बन्धी जानकारी एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिएका हुन्। सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाइनेछ। समूह ‘ए’: एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड, समूह ‘बी’: अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन, समूह ‘सी’: भ्याली पब्लिक, गेटवे, मोक्षदा र रेडियन्ट ‘बी’, समूह ‘डी’: बालकुञ्ज, मृगशिरा वर्ल्ड स्कुल र रेडियन्ट ‘ए’ रहेका छन् । प्राविधिक प्रमुख रविन्द्र गुप्ताका अनुसार, खेल १० ओभरको हुनेछ। एक टिममा…
Read More
Wado-Ryu Karate Team Set to Represent Nepal at International Championship in Sri Lanka

Wado-Ryu Karate Team Set to Represent Nepal at International Championship in Sri Lanka

Kathmandu — A seven-member Nepali team, including five athletes, is set to depart for Ratnapura, Sri Lanka, this Wednesday to participate in the 5th Open International Wado-Ryu Karate Championship, scheduled for August 7 and 8. The team comprises three male and two female athletes, who will compete in various weight categories, aiming to secure medals and elevate Nepal’s presence on the international karate stage. In the men's division, Pasang Gyaltzen Thokra will compete in the under-80 kg category, Nishan Ghale in under-52 kg, and Aaron Sherchan in under-40 kg. In the women’s division, Urshala Pahari will represent Nepal in the under-61…
Read More
वादोरियो कराते टोली अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि श्रीलंका प्रस्थान हुँदै

वादोरियो कराते टोली अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि श्रीलंका प्रस्थान हुँदै

काठमाडौं— पाँचौं खुला अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सहभागी हुन नेपालबाट पाँच खेलाडीसहित सात सदस्यीय टोली बुधबार श्रीलंकाको रत्नापुरा प्रस्थान गर्ने तयारीमा रहेको छ। अगस्ट ७ र ८ तारिख हुने सो प्रतियोगितामा तीन पुरुष र दुई महिला खेलाडीले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन्। पुरुष तर्फ ८० केजीमुनि तौल समूहमा पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनिमा निशान घले र ४० केजीमुनिमा आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन्। त्यस्तै, महिला तर्फ ६१ केजीमुनिमा उर्शला पहरी र ५० केजीमुनिमा अर्पणा मगरले नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने लक्ष्यका साथ टोली श्रीलंका जान लागेको हो। टोलीको प्रमुख प्रशिक्षकका रूपमा नेपाल वादोरियो कराते डो संघका…
Read More
नेपाली मुक्केवाज अर्पिलले एसियाली च्याम्पियनशिपमा सेमिफाइनलमा प्रवेश गरे, कांस्य पदक सुनिश्चित

नेपाली मुक्केवाज अर्पिलले एसियाली च्याम्पियनशिपमा सेमिफाइनलमा प्रवेश गरे, कांस्य पदक सुनिश्चित

  काठमाडौं। एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यु-२२ उमेर समूहमा नेपाली मुक्केवाज अर्पिल रानाले कांस्य पदक पक्का गरेका छन्। ५० केजी तौल समूहमा उनले भुटानका किन्ले फुन्चोलाई ४-१ (स्प्लिट डिसिजन) ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। यसैसँग उनको कम्तीमा कांस्य पदक सुनिश्चित भएको हो। अर्पिलले यसअघि साउदी अरबका इब्राहीमलाई ५-० ले पराजित गर्दै क्वाटरफाइनलमा विजयी भएका थिए। उनले अब अगस्ट ६ मा जापानका सोदाई कोटोसँग सेमिफाइनल खेल्नेछन्। कोटोले फिलिपिन्सका प्रतिद्वन्द्वीलाई ५-० ले हराएका थिए। यो प्रतियोगिता थाइल्यान्डको बैंककमा आयोजना भइरहेको छ। अर्पिलको यो सफलताले नेपाली बक्सिङ्ग इतिहासमा नयाँ अध्याय थप्ने आशा जगाएको छ।
Read More
Legendary Rugby Stars Matthew Burke and Richard Hill to be Inducted into World Rugby Hall of Fame

Legendary Rugby Stars Matthew Burke and Richard Hill to be Inducted into World Rugby Hall of Fame

31 July 2025 – World Rugby has announced that four iconic players will be inducted into the prestigious World Rugby Hall of Fame in 2025, with the first two honourees set to be celebrated during the final Test between Australia and the British and Irish Lions in Sydney on 2 August. Former Wallabies full-back Matthew Burke and England and British & Irish Lions flanker Richard Hill will be formally recognised at a special ceremony in Sydney. Two additional female rugby legends will then be inducted during the Women’s Rugby World Cup 2025 in England, at the Women’s Summit on 26 September. Two Legends, Two Lions Victories Both Burke and Hill experienced the thrill of…
Read More
विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपका लागि नेपाली टोली अजरबैजान प्रस्थान

विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपका लागि नेपाली टोली अजरबैजान प्रस्थान

काठमाडौं-विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागिता जनाउन १३ सदस्यीय नेपाली बुदोकैदो टोली बिहीबार अजरबैजानको बाकु प्रस्थान गर्दैछ। साउन ८ देखि १२ गतेसम्म बाकुमा हुने उक्त प्रतियोगितामा नेपालका तर्फबाट ५ पुरुष र २ महिला गरी कुल ७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। पुरुषतर्फ ७० केजी तौल समूहमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गी प्रतिस्पर्धामा उत्रने छन्। महिलातर्फ ४२ केजीमा पूजा खड्का र ५५ केजीमा बविता कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। टोलीमा प्रशिक्षकका रूपमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जन रहेका छन् भने व्यवस्थापकमा रजिम शाही, अफिसियलका…
Read More
FIFA Appoints 54 Match Officials for U-20 World Cup Chile 2025™

FIFA Appoints 54 Match Officials for U-20 World Cup Chile 2025™

Santiago, Chile – The FIFA Referees Committee has confirmed the official appointments for the upcoming FIFA U-20 World Cup Chile 2025™, scheduled to take place from 27 September to 19 October. A total of 54 match officials, comprising 18 referees and 36 assistant referees representing 22 FIFA Member Associations, have been selected to oversee the tournament matches. This year’s edition will also mark the continued implementation of Football Video Support (FVS) — a cost-effective and flexible alternative to the traditional Video Assistant Referee (VAR) system. FVS has already been trialled successfully at recent youth tournaments including the FIFA U-20 Women’s…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल