Skip to main content

Elite News Nepal

वादोरियो कराते टोली अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि श्रीलंका प्रस्थान हुँदै

Advertisement

काठमाडौं— पाँचौं खुला अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सहभागी हुन नेपालबाट पाँच खेलाडीसहित सात सदस्यीय टोली बुधबार श्रीलंकाको रत्नापुरा प्रस्थान गर्ने तयारीमा रहेको छ। अगस्ट ७ र ८ तारिख हुने सो प्रतियोगितामा तीन पुरुष र दुई महिला खेलाडीले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन्।

पुरुष तर्फ ८० केजीमुनि तौल समूहमा पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनिमा निशान घले र ४० केजीमुनिमा आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन्। त्यस्तै, महिला तर्फ ६१ केजीमुनिमा उर्शला पहरी र ५० केजीमुनिमा अर्पणा मगरले नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने लक्ष्यका साथ टोली श्रीलंका जान लागेको हो।

टोलीको प्रमुख प्रशिक्षकका रूपमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी रहेका छन् भने अफिसियलको भूमिकामा राजकुमार कार्की सहभागी हुनेछन्।

प्रतियोगिताका लागि श्रीलंकातर्फ प्रस्थान गर्न लागेका खेलाडीहरुलाई मंगलबार खुमल्टारमा आयोजित एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व मन्त्री शक्ति बस्नेत, तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतले बिदाइ गरेका थिए।

सो अवसरमा अध्यक्ष दाहालले वादोरियो करातेले विगतमा पनि नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको उल्लेख गर्दै, यस पटकको प्रतियोगितामा पनि सफल हुने विश्वास व्यक्त गरे। उनले खेलाडीहरूलाई शुभकामना दिँदै आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल