Skip to main content

Elite News Nepal

समाजसेवी राजेन्द्र कुमार मिश्रले लिए भक्तपुर डजबल संघ तदर्थ समितिको नेतृत्व

Advertisement

भक्तपुर – भक्तपुर जिल्लामा डजबल खेलको विकास र विस्तारका लागि भक्तपुर जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ।

Advertisement

समितिको गठन कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा प्रमुख अतिथि र नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिना विशेष उपस्थितिमा आइतवार सात सदस्यीय समिति गठन गरिएको हो।

Advertisement

समितिको नेतृत्वमा राजेन्द्र कुमार मिश्र अध्यक्ष, सरोज बस्नेत उपाध्यक्ष, शृजना मिश्र सचिव र सलिना बस्नेत कोषाध्यक्ष रहेका छन्। सदस्यहरूमा लक्ष्मण सुनार, जिवन श्रेष्ठ र निरन्जन राउत रहेका छन्।

उक्त नवगठित समितिले जिल्लास्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म डजबल खेललाई प्रवर्द्धन गर्ने, खेलाडी उत्पादन, प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य लिएको जनाएको छ। समितिले विशेषगरी विद्यालय स्तरदेखि नै खेलको विकास र विस्तार गर्ने योजना अघि सारेको छ। यसबारे समितिका अध्यक्ष राजेन्द्र कुमार मिश्रले डजबललाई आधारभूत तहबाटै सुदृढ पार्दै भविष्यमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल