Skip to main content

Elite News Nepal

आरआरए रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु

Advertisement

काठमाडौं – रेडियन्ट राइडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ शिल्ड क्रिकेट प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुने भएको छ।

प्रतियोगितामा आयोजक एकेडेमीका २ टिमसहित १५ छात्र टिमको सहभागिता रहनेछ। प्रतियोगितासम्बन्धी जानकारी एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिएका हुन्।

सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाइनेछ। समूह ‘ए’: एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड, समूह ‘बी’: अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन, समूह ‘सी’: भ्याली पब्लिक, गेटवे, मोक्षदा र रेडियन्ट ‘बी’, समूह ‘डी’: बालकुञ्ज, मृगशिरा वर्ल्ड स्कुल र रेडियन्ट ‘ए’ रहेका छन् ।

प्राविधिक प्रमुख रविन्द्र गुप्ताका अनुसार, खेल १० ओभरको हुनेछ। एक टिममा १० खेलाडी हुने र ८ जना खेलाडी मैदानमा उत्रन पाउने व्यवस्था गरिएको छ। विजेता टिमले ३० हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिता सञ्चालनका लागि करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।चारदिने प्रतियोगिता आयोजककै सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा सञ्चालन हुनेछ।

संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट पनि अगाडि बढाउन रेडियन्टले विभिन्न खेलकुद गतिविधिमा संलग्न रहँदै आएको बताएका छन्। उनले प्रतियोगिताले क्रिकेटको प्रवर्द्धनमा केही हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस प्रतियोगितालाई अझ बृहत रूपमा आयोजना गर्ने योजना रहेको उल्लेख गरे।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल