Skip to main content

Elite News Nepal

आजको तस्वीर

रेडियन्ट क्रिकेट एकेडेमी उद्घाटन, नेपाली क्रिकेटको नयाँ आशा

रेडियन्ट क्रिकेट एकेडेमी उद्घाटन, नेपाली क्रिकेटको नयाँ आशा

काठमाडौं, फागुन २१ – नेपाली क्रिकेटको विकासमा थप योगदान दिने उद्देश्यले सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले ‘रेडियन्ट क्रिकेट एकेडेमी’ सञ्चालनमा ल्याएको छ। एक भव्य समारोहबीच राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार एकेडेमीको औपचारिक उद्घाटन गरे। ललितपुर महानगरपालिका वडा नम्बर २, सानेपामा करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमी निर्माणका लागि करिब ३० लाख रुपैयाँ खर्च भएको छ। एकेडेमीको मुख्य प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतका क्रिकेट प्रशिक्षक साम्संङजंग थापा, सोनु दास, र सक्षम बास्ताकोटी रहेका छन्। हालै उद्घाटन भए पनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि क्रिकेट प्रशिक्षण प्रदान गरिरहेको छ। हाल एकेडेमीमा १५० भन्दा बढी विद्यार्थीले नियमित रूपमा प्रशिक्षण लिइरहेका…
Read More
मछिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

मछिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

काठमाडौं – मछिन्द्र एफसीले तेस्रोपटक केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जित्दै आफ्नो दबदबा कायम राखेको छ। दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले पराजित गर्दै मछिन्द्रले उपाधि रक्षा गर्‍यो। मछिन्द्रले खेलको २९औं मिनेटमै अग्रता लिएको थियो। सनिस श्रेष्ठको प्रहार रोक्ने क्रममा आर्मीका डिफेन्डर बिमल पाण्डेको आत्मघाती गोलले मछिन्द्रलाई सुरुआती बढ़त दिलायो। दोस्रो हाफमा स्टेफेन जमाहाले खेलको ७३औं मिनेटमा गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे। उपाधिसँगै मछिन्द्रले नगद १५ लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्‍यो, भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा सीमित रह्यो। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले…
Read More
रुपक र मन्जु राष्ट्रिय फुल कन्ट्याक्ट करातेका च्याम्पियन

रुपक र मन्जु राष्ट्रिय फुल कन्ट्याक्ट करातेका च्याम्पियन

काठमाडौं — तेश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा रुपक नेपाली र मन्जु विकले स्वर्ण पदक जितेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा सम्पन्न प्रतियोगिताको खुला तौलसमूह फाइनलमा पुरुषतर्फ रुपक नेपालीले अमित महर्जनलाई पराजित गर्दै उपाधि उचाले। सोही स्पर्धामा रविन्द्र लोहार तेस्रो र शिवबहादुर भुजेल चौथो स्थानमा रहे। महिलातर्फ मन्जु विकले अनुपा नेपालीलाई हराउँदै स्वर्ण जित्दा कविता मोक्तान तेस्रो तथा चन्दाकुमारी भुजेल चौथो स्थानमा रहे। प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने खेलाडीहरूले क्रमश ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे। अन्य तौल समूहका प्रतिस्पर्धामा पनि रोमाञ्चक खेल देखिएको थियो। पुरुष…
Read More
छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपका लागि नेपाली टोली इरान प्रस्थान

छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपका लागि नेपाली टोली इरान प्रस्थान

काठमाडौं, फागुन १८ – छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १३ सदस्यीय नेपाली टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक विशेष कार्यक्रमबीच बिदाइ गरे। टोलीको कप्तानी मानमति विष्टले गर्नेछिन्, भने अन्य खेलाडीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव, र विनिता पण्डित क्षेत्री छन्। नेपाली टोलीलाई प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङले साथ दिनेछन्। अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा टोली प्रतियोगितामा सहभागी हुँदैछ। फागुन २० देखि २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड, र…
Read More
सुवास न्यौपानेको अध्यक्षतामा नेशनल प्याब्सनको नयाँ कार्यसमिति गठन

सुवास न्यौपानेको अध्यक्षतामा नेशनल प्याब्सनको नयाँ कार्यसमिति गठन

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, (नेशनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न निर्वाचनमा सुवास न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक सुमन कुमार केसी ले सम्पूर्ण उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका छन्। नव-निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गर्दै संस्थाको नीति, उद्देश्य, र सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा जय बहादुर श्रेष्ठ, याम खड्का, श्याम सिंह मौनी, राम विनय चौरासिया, र शम्भु कुमार अधिकारी चयन भएका छन्। उपाध्यक्ष पदमा बिष्णु प्रसाद पराजुली, राजेन्द्र कुमार गुरुङ, राम कुमार…
Read More
इलाइट न्यूज द्वारा माल्टाका पहिलो नेपाली रेफ्री पन्त सम्मानित

इलाइट न्यूज द्वारा माल्टाका पहिलो नेपाली रेफ्री पन्त सम्मानित

काठमाडौं। इलाइट न्यूज प्रा.लि. द्वारा माल्टाका पहिलो नेपाली रेफ्री रोशनराज पन्तलाई विशेष सम्मान प्रदान गरिएको छ। नेपाली मूलका रोशनराज पन्तले माल्टाको फुटबल संघ (MFA) बाट मान्यता प्राप्त गर्दै माल्टामा पहिलो नेपाली रेफ्रीको रूपमा इतिहास रचेका छन्। उनले माल्टाका घरेलु लिगहरूमा रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्दै आएका छन्। हालसम्म, पन्तले माल्टामा २०० भन्दा बढी घरेलु फुटबल म्याचहरूमा रेफ्रीको भूमिका निभाइसकेका छन्, जुन नेपाली समुदायका लागि गर्वको विषय हो। कार्यक्रममा रोशनराज पन्तले नेपाल र युरोपेली फुटबल संरचनाबीचको अन्तरबारे आफ्ना विचार राखेका छन्। "नेपालमा पुरुष नेशनल टिमको कुरा गर्दा, खेलाडी उत्पादन त भइरहेको छ, तर ती खेलाडीहरू अखिल नेपाल फुटबल संघ (ANFA) का…
Read More
गोर्खाली रग्बी सेभेन्स: गोर्खाली, सेना, कर्णाली र एपीएफ सेमिफाइनलमा

गोर्खाली रग्बी सेभेन्स: गोर्खाली, सेना, कर्णाली र एपीएफ सेमिफाइनलमा

चितवन– प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा गोर्खाली रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, र सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा प्रवेश गरेका छन्। भरतपुरको कृष्णपुर खेलमैदानमा शुक्रबार सम्पन्न लिग चरणपछि लुम्बिनी प्रदेश, मधेस प्रदेश, र गण्डकी प्रदेश लिग चरणबाट बाहिरिएका छन्। गोर्खाली रग्बी क्लबद्वारा आयोजित यो पहिलो रग्बी सेभेन्स प्रतियोगितामा विदेशी खेलाडीहरूको सहभागिताले प्रतियोगिताको रौनक थप बढाएको छ। सात टोली सहभागी प्रतियोगिता दुई समूहमा विभाजित गरी खेलाइएको थियो। समूह ‘ए’ बाट आयोजक गोर्खाली र कर्णाली प्रदेश सेमिफाइनलमा प्रवेश गरे भने समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र एपीएफले अन्तिम चारको यात्रा तय गरे। समूह ‘ए’ मा गोर्खाली रग्बी क्लबले उत्कृष्ट…
Read More
तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता नखिपोटमा

तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता नखिपोटमा

काठमाडौं – नखिपोट युथ क्लबको आयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत १ देखि ४ गतेसम्म नखिपोटस्थित क्लबकै कभर्डहलमा सञ्चालन हुने भएको छ। प्रतियोगिता नखिपोट ब्याडमिन्टन सर्कलको सह-आयोजनामा सम्पन्न हुनेछ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन्। आयोजक क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूका अनुसार प्रतियोगितामा करिब २७५ खेलाडीको सहभागिता अपेक्षा गरिएको छ। यस प्रतियोगितामा पुरुष सिंगल्स, महिला सिंगल्स, यू–१७ पुरुष सिंगल्स, पुरुष डबल्स, मिक्स डबल्स, र ४५ वर्षमाथिका भेट्रान पुरुष सिंगल्स गरी कुल ६ स्पर्धा समावेश छन्। क्लबका कोषाध्यक्ष सुजन राईका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८५ हजार…
Read More
निजी विद्यालयले सामुदायिक विद्यालयको गुणस्तर घटाउँदैन :गृहमन्त्री लेखक

निजी विद्यालयले सामुदायिक विद्यालयको गुणस्तर घटाउँदैन :गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरूको स्थापनाले सामुदायिक विद्यालयहरूको गुणस्तरमा असर नपर्ने बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सार्वजनिक शिक्षा सुधारका लागि निजी विद्यालयहरूलाई निषेध गर्नु समाधान नहुने स्पष्ट पारे। गृहमन्त्री लेखकले शिक्षा क्षेत्रको सुधार सरकारको दायित्व रहेको बताउँदै भने, ‘निजी वा आवासीय विद्यालयहरूको स्थापना हुँदा सामुदायिक विद्यालयको स्तर घट्छ भन्ने सोच सही होइन। ती विद्यालयहरू हटाएर मात्र सार्वजनिक शिक्षाको गुणस्तर बढ्दैन। सरकार शिक्षालाई पारदर्शी र नीतिगत स्पष्टताका साथ अघि बढाइरहेको छ।’ उनले थपे, ‘राज्यले सामुदायिक विद्यालयहरूको सुदृढीकरण, निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित…
Read More
टप्स बास्केटबल प्रतियोगितामा तेजस्वी र बेल्मन्टको विजय

टप्स बास्केटबल प्रतियोगितामा तेजस्वी र बेल्मन्टको विजय

काठमाडौं। तेजस्वी एकेडेमी र बेल्मन्ट इन्टरनेसनल स्कुलले आठौं संस्करणको टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा उपाधि जितेका छन्। तेजस्वीले सिनियर ब्वाइजतर्फ र बेल्मन्टले सिनियर गल्र्सतर्फ च्याम्पियन बन्न सफल भए। प्रतियोगिता बिहीबार तार्केश्वर नगरपालिका १, साङलास्थित ल्यान्डमार्क एकेडेमीमा भएको थियो। सिनियर ब्वाइजको फाइनलमा तेजस्वीले गण्डकीलाई ४३–३० ले हराउँदै उपाधि जिते। तेजस्वीका विराज गुरुङले १२ अंक जोडेर टिमको जितमा महत्वपूर्ण योगदान पुर्‍याए। सिनियर गल्र्सको फाइनलमा बेल्मन्टले ल्यान्डमार्कलाई १३–११ ले पराजित गर्दै उपाधि जितेको हो। बेल्मन्टकी जेशिका गुरुङले ७ अंक जोडेर टिमको जितमा प्रमुख भूमिका खेलिन्। नवोदितले बेल्मन्टलाई २५–१३ ले हराउँदै तेस्रो स्थानमा आफ्नो स्थान बनायो। नवोदितका आदेश बगालेले १२ अंक जोडेर उत्कृष्ट प्रदर्शन गरे।…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल