Elite News Nepal

छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपका लागि नेपाली टोली इरान प्रस्थान

Advertisement

काठमाडौं, फागुन १८ – छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १३ सदस्यीय नेपाली टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक विशेष कार्यक्रमबीच बिदाइ गरे।

टोलीको कप्तानी मानमति विष्टले गर्नेछिन्, भने अन्य खेलाडीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव, र विनिता पण्डित क्षेत्री छन्। नेपाली टोलीलाई प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङले साथ दिनेछन्। अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा टोली प्रतियोगितामा सहभागी हुँदैछ।

फागुन २० देखि २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड, र मलेसिया गरी ७ राष्ट्रको सहभागिता रहनेछ। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ।

नेपाली टोली यस प्रतिष्ठित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उचो बनाउने लक्ष्यसहित इरान गइरहेको छ। नेपाली महिला कबड्डी खेलाडीहरूले पछिल्लो समय राम्रो तयारी गरेकोले उनीहरूबाट उत्कृष्ट नतिजाको अपेक्षा गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल