Skip to main content

Elite News Nepal

गोर्खाली रग्बी सेभेन्स: गोर्खाली, सेना, कर्णाली र एपीएफ सेमिफाइनलमा

Advertisement

चितवन– प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा गोर्खाली रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, र सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा प्रवेश गरेका छन्। भरतपुरको कृष्णपुर खेलमैदानमा शुक्रबार सम्पन्न लिग चरणपछि लुम्बिनी प्रदेश, मधेस प्रदेश, र गण्डकी प्रदेश लिग चरणबाट बाहिरिएका छन्।

गोर्खाली रग्बी क्लबद्वारा आयोजित यो पहिलो रग्बी सेभेन्स प्रतियोगितामा विदेशी खेलाडीहरूको सहभागिताले प्रतियोगिताको रौनक थप बढाएको छ। सात टोली सहभागी प्रतियोगिता दुई समूहमा विभाजित गरी खेलाइएको थियो। समूह ‘ए’ बाट आयोजक गोर्खाली र कर्णाली प्रदेश सेमिफाइनलमा प्रवेश गरे भने समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र एपीएफले अन्तिम चारको यात्रा तय गरे।

समूह ‘ए’ मा गोर्खाली रग्बी क्लबले उत्कृष्ट प्रदर्शन गर्दै गण्डकी प्रदेशलाई २२–० र कर्णाली प्रदेशलाई २२–७ ले पराजित गर्यो। कर्णालीले भने गण्डकी प्रदेशलाई २६–५ को फराकिलो अन्तरले हराउँदै समुह उपविजेता बन्न सफल भयो।

समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब अपराजित रहँदै शीर्ष स्थानमा रह्यो। टोलीले एपीएफलाई ३४–५, लुम्बिनी प्रदेशलाई ४३–०, र मधेस प्रदेशलाई ४३–० ले पराजित गर्यो। समुह उपविजेता बनेको एपीएफले मधेस प्रदेशलाई २४–५ तथा लुम्बिनी प्रदेशलाई ४५–० ले हरायो।

लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशले लुम्बिनीलाई २४–७ ले हराए पनि अङ्क तालिकामा कमजोर रहँदै प्रतियोगिताबाट बाहिरियो। लुम्बिनीले भने तीनवटै खेलमा पराजय बेहोर्नु पर्यो।

शनिबार हुने सेमिफाइनलमा गोर्खाली रग्बी क्लबले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ भने त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले फाइनल प्रवेशका लागि भिड्नेछन्।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सांसद ईश्वर सापकोटा ‘सुमन’ ले ट्रफी अनावरण गर्दै गर्नुभएको थियो। उहाँले नेपालमा रग्बी खेलको विकास तीव्र रूपमा भइरहेको बताउँदै यसले स्थानीय स्तरमा समेत राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्कीले आगामी संस्करणलाई अन्तर्राष्ट्रिय स्वरूप दिने योजना रहेको जानकारी दिनुभयो। नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले आगामी १४औं दक्षिण एसियाली खेलकुदमा नेपालले रग्बीमा पदक जित्ने सम्भावना रहेको बताउनुभयो।

प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख तथा दोस्रो स्थान प्राप्त गर्ने टोलीले रु १ लाख पुरस्कार पाउनेछन्। आयोजकका अनुसार यो नेपाली रग्बी प्रतियोगितामा हालसम्मकै सर्वाधिक पुरस्कार राशि हो।

शनिबार नै सेमिफाइनल र फाइनल खेलहरू सम्पन्न भई प्रतियोगिताको विजेता टुंगो लाग्नेछ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल