Skip to main content

Elite News Nepal

सुवास न्यौपानेको अध्यक्षतामा नेशनल प्याब्सनको नयाँ कार्यसमिति गठन

Advertisement

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, (नेशनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न निर्वाचनमा सुवास न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक सुमन कुमार केसी ले सम्पूर्ण उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका छन्। नव-निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गर्दै संस्थाको नीति, उद्देश्य, र सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा जय बहादुर श्रेष्ठ, याम खड्का, श्याम सिंह मौनी, राम विनय चौरासिया, र शम्भु कुमार अधिकारी चयन भएका छन्। उपाध्यक्ष पदमा बिष्णु प्रसाद पराजुली, राजेन्द्र कुमार गुरुङ, राम कुमार मोची, जय प्रकाश चौधरी, प्रकाश कुमार शर्मा, याशिवा रहमान, र तेजराज खनाल निर्वाचित भएका छन्। महासचिवको जिम्मेवारी प्रकाश चन्द्र खड्काले सम्हाल्ने भएका छन् भने कोषाध्यक्ष पदमा खड्क बहादुर बस्नेत चयन भएका छन्।

उपमहासचिवका रूपमा बिष्णु प्रसाद पौडेल, गोविन्द बहादुर खड्का, र सत्येश बहादुर चन्द चयन भएका छन्। सचिव पदमा सन्दिप राई, राम बहादुर थापा, बालकृष्ण शर्मा, बालाकृष्ण तिवारी, डम्बर दत्त अवस्थी, सुशील भट्टराई, मनोज कुमार श्रेष्ठ, शरद भण्डारी, र वेद प्रसाद पन्त चयन भएका छन्। सह-कोषाध्यक्षका रूपमा सुमन कुमार चौधरी र कल्पना काफ्ले (भुषाल) चयन भएका छन्।

सदस्य पदमा हिक्मत दाहाल, नेत्र प्रसाद न्यौपाने, भीष्म पाण्डे, युवराज (युवक) लामिछाने, दिनेश भण्डारी, दिपक भट्ट, झंकर राज जोशी, राजेन्द्र प्रसाद चापागाईं, नेत्र लाल न्यौपाने, सागर कुमार खड्का, जितेन्द्र प्रकाश महतो, सुदर्शन खड्का, विमल गौतम, बिल प्रसाद गुरुङ, भिष्मराज ढकाल, मनोज कुमार साह, श्याम योञ्जन, अग्नि प्रसाद ज्ञवाली, विकेश महर्जन, अग्नि प्रसाद कोईराला, पुरूषोत्तम बस्याल, सुदिप कुमार कार्की, र गेहेन्द्र लामा चयन भएका छन्।

नयाँ कार्यसमितिले निजी विद्यालयहरूको हकहित संरक्षण, शिक्षाको गुणस्तर अभिवृद्धि, तथा नीतिगत सुधारका लागि सरकारसँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि नेतृत्व सम्हालेका पदाधिकारीहरूले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै संगठनलाई थप सशक्त बनाउन योगदान दिन आग्रह गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल