Skip to main content

Elite News Nepal

रेडियन्ट क्रिकेट एकेडेमी उद्घाटन, नेपाली क्रिकेटको नयाँ आशा

Advertisement

काठमाडौं, फागुन २१ – नेपाली क्रिकेटको विकासमा थप योगदान दिने उद्देश्यले सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले ‘रेडियन्ट क्रिकेट एकेडेमी’ सञ्चालनमा ल्याएको छ। एक भव्य समारोहबीच राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार एकेडेमीको औपचारिक उद्घाटन गरे।

ललितपुर महानगरपालिका वडा नम्बर २, सानेपामा करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमी निर्माणका लागि करिब ३० लाख रुपैयाँ खर्च भएको छ। एकेडेमीको मुख्य प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतका क्रिकेट प्रशिक्षक साम्संङजंग थापा, सोनु दास, र सक्षम बास्ताकोटी रहेका छन्।

हालै उद्घाटन भए पनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि क्रिकेट प्रशिक्षण प्रदान गरिरहेको छ। हाल एकेडेमीमा १५० भन्दा बढी विद्यार्थीले नियमित रूपमा प्रशिक्षण लिइरहेका छन्। क्रिकेट बाहेक टेबलटेनिस, बास्केटबल, फुटबल, पौडी, कराते, र जिन्यास्टिक जस्ता खेलहरूमा समेत रेडियन्ट रिडर्सले विशेष ध्यान दिँदै आएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले रेडियन्ट क्रिकेट एकेडेमीको स्थापना प्रशंसनीय कार्य भएको बताए। उनले भने, “साधारण प्रशिक्षण मात्र पर्याप्त हुँदैन, व्यवस्थित एकेडेमीबाट तालिम लिएमा खेलाडीहरूको क्षमता अझै निखारिन मद्दत गर्छ। यसले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण योगदान दिनेछ।”

रेडियन्ट रिडर्सका संस्थापक तथा प्याब्सनका केन्द्रीय अध्यक्ष डीके ढुंगानाले नेपालमा खेलाडी उत्पादनका लागि यस्तो एकेडेमी आवश्यक रहेको बताए। उनले भने, “हाम्रो उद्देश्य राष्ट्रका लागि योग्य खेलाडी र दक्ष जनशक्ति उत्पादन गर्नु हो। नेपालमै खेलकुद विश्वविद्यालय वा कलेज स्थापना गर्न प्याब्सनले काम गरिरहेको छ।”

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, र ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठ सहित खेलकुद क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

समारोहको अन्त्यमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूलाई ‘अटोग्राफ’ प्रदान गरे, जसले युवा क्रिकेटप्रेमीहरूमा नयाँ ऊर्जा थपिएको देखिन्थ्यो।

रेडियन्ट क्रिकेट एकेडेमीको स्थापना नेपाली क्रिकेटका लागि कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल