Skip to main content

Elite News Nepal

तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता नखिपोटमा

Advertisement

काठमाडौं – नखिपोट युथ क्लबको आयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत १ देखि ४ गतेसम्म नखिपोटस्थित क्लबकै कभर्डहलमा सञ्चालन हुने भएको छ। प्रतियोगिता नखिपोट ब्याडमिन्टन सर्कलको सह-आयोजनामा सम्पन्न हुनेछ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन्। आयोजक क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूका अनुसार प्रतियोगितामा करिब २७५ खेलाडीको सहभागिता अपेक्षा गरिएको छ।

यस प्रतियोगितामा पुरुष सिंगल्स, महिला सिंगल्स, यू–१७ पुरुष सिंगल्स, पुरुष डबल्स, मिक्स डबल्स, र ४५ वर्षमाथिका भेट्रान पुरुष सिंगल्स गरी कुल ६ स्पर्धा समावेश छन्। क्लबका कोषाध्यक्ष सुजन राईका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८५ हजार रुपैयाँ रहेको छ।

पुरुष सिंगल्स र महिला सिंगल्समा प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। द्वितीय स्थान हात पार्ने खेलाडीले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने तृतीय स्थान हात पार्ने दुई खेलाडीले जनही ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। पुरुष सिंगल्स स्पर्धामा शीर्ष ८ वरीयतामा रहेका खेलाडी सहभागी हुन पाउने छैनन्।

यू–१७ पुरुष सिंगल्स स्पर्धामा प्रथम हुने खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो स्थान हात पार्ने खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने तृतीय स्थान हासिल गर्ने दुई खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

शीर्ष २० वरीयता बाहेकका खेलाडीहरू सहभागी हुने पुरुष डबल्स स्पर्धामा प्रथम हुने जोडीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो स्थान हासिल गर्ने जोडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने तृतीय स्थान हात पार्ने दुई जोडीले जनही १० हजार रुपैयाँ पुरस्कार जित्नेछन्।

मिक्स डबल्स स्पर्धामा विजेता जोडीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो स्थान हासिल गर्ने जोडीले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् भने तृतीय स्थान हात पार्ने दुई जोडीले जनही ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।

४५ वर्षभन्दा माथिका खेलाडीहरूको भेट्रान पुरुष सिंगल्स स्पर्धामा प्रथम स्थान हासिल गर्ने खेलाडीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो स्थान हासिल गर्ने खेलाडीले २० हजार रुपैयाँ पाउनेछन् भने तृतीय स्थान हात पार्ने दुई खेलाडीले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबले जनाएको छ। सहभागी खेलाडीहरूका लागि बिहानको खाना र खाजाको व्यवस्था आयोजक क्लबले गर्नेछ। इच्छुक खेलाडीहरूले फागुन २७ गतेभित्र अनिवार्य रूपमा नाम दर्ता गरिसक्नुपर्नेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल