Skip to main content

Elite News Nepal

रुपक र मन्जु राष्ट्रिय फुल कन्ट्याक्ट करातेका च्याम्पियन

Advertisement

काठमाडौं — तेश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा रुपक नेपाली र मन्जु विकले स्वर्ण पदक जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा सम्पन्न प्रतियोगिताको खुला तौलसमूह फाइनलमा पुरुषतर्फ रुपक नेपालीले अमित महर्जनलाई पराजित गर्दै उपाधि उचाले। सोही स्पर्धामा रविन्द्र लोहार तेस्रो र शिवबहादुर भुजेल चौथो स्थानमा रहे। महिलातर्फ मन्जु विकले अनुपा नेपालीलाई हराउँदै स्वर्ण जित्दा कविता मोक्तान तेस्रो तथा चन्दाकुमारी भुजेल चौथो स्थानमा रहे।

प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने खेलाडीहरूले क्रमश ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।

अन्य तौल समूहका प्रतिस्पर्धामा पनि रोमाञ्चक खेल देखिएको थियो। पुरुष ६५ केजी तौलसमूहमा सनी सिंहले स्वर्ण, मेघबहादुर राईले रजत, सागर तामाङले कांस्य जित्दा जयराज स्याङतान चौथो भए। पुरुष ६० केजीमुनि तौलसमूहमा अनिल बरामले स्वर्ण जिते भने केदार नेपालीले रजत, पवनकुमार जैसवालले कांस्य र राजेन्द्र घलानले चौथो स्थान प्राप्त गरे।

महिला ५० केजीमुनि तौलसमूहमा रिना माझीले स्वर्ण जित्दा उषा रावलले रजत, सपना आले मगरले कांस्य र निशा सुनारले चौथो स्थान हासिल गरे। त्यसैगरी, महिला ५५ केजीमुनि तौलसमूहमा अनिशा तामाङ स्वर्ण विजेता बनिन् भने लक्ष्मी थिङ दोस्रो, अन्जना बुढाथोकी तेस्रो र सविता आले मगर चौथो स्थानमा रहे।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सम्पन्न यो प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल