Skip to main content

Elite News Nepal

प्रमुख समाचार

एनसेल नेपाल सुपर लिगको टाइटल स्पोन्सर

एनसेल नेपाल सुपर लिगको टाइटल स्पोन्सर

काठमाडौं – नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ। शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको हो। नेपालकै पहिलो फ्रेन्चाइज-आधारित व्यावसायिक फुटबल लिगको रूपमा स्थापित एनएसएल २०२१ देखि अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ। यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। एनसेलको टाइटल स्पोन्सरसिप अन्तर्गत, कम्पनीले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ। साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा…
Read More
युगाण्डा यात्रा अघि नेपाली महिला क्रिकेट टोलीको बिदाइ

युगाण्डा यात्रा अघि नेपाली महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं – नेपाली महिला क्रिकेट टोलीलाई युगाण्डामा हुने चारदेशीय टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) शृंखलाका लागि बुधबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मुलपानीस्थित आफ्नो कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो। फागुन २४ देखि सुरु हुने प्रतियोगितामा नेपालसहित युगाण्डा, हङकङ, र नामिबिया सहभागी छन्। बिदाइ समारोहमा क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई शुभकामना दिँदै नयाँ वातावरणमा खेल्नु महत्वपूर्ण अनुभव हुने बताएका छन्। उनले महिला क्रिकेटप्रति चासो बढ्दै गएको उल्लेख गर्दै अब जित–हारको मुल्यांकनसमेत गहिरो रूपमा गर्न थालिएको बताएका छन्। उनले भने, “हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौं। खेलाडिहरूले जति धेरै नयाँ स्थानमा खेल्छन्, उति धेरै अनुभव…
Read More
मछिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

मछिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

काठमाडौं – मछिन्द्र एफसीले तेस्रोपटक केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जित्दै आफ्नो दबदबा कायम राखेको छ। दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले पराजित गर्दै मछिन्द्रले उपाधि रक्षा गर्‍यो। मछिन्द्रले खेलको २९औं मिनेटमै अग्रता लिएको थियो। सनिस श्रेष्ठको प्रहार रोक्ने क्रममा आर्मीका डिफेन्डर बिमल पाण्डेको आत्मघाती गोलले मछिन्द्रलाई सुरुआती बढ़त दिलायो। दोस्रो हाफमा स्टेफेन जमाहाले खेलको ७३औं मिनेटमा गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे। उपाधिसँगै मछिन्द्रले नगद १५ लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्‍यो, भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा सीमित रह्यो। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले…
Read More
छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपका लागि नेपाली टोली इरान प्रस्थान

छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपका लागि नेपाली टोली इरान प्रस्थान

काठमाडौं, फागुन १८ – छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १३ सदस्यीय नेपाली टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक विशेष कार्यक्रमबीच बिदाइ गरे। टोलीको कप्तानी मानमति विष्टले गर्नेछिन्, भने अन्य खेलाडीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव, र विनिता पण्डित क्षेत्री छन्। नेपाली टोलीलाई प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङले साथ दिनेछन्। अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा टोली प्रतियोगितामा सहभागी हुँदैछ। फागुन २० देखि २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड, र…
Read More
इलाइट न्यूज द्वारा माल्टाका पहिलो नेपाली रेफ्री पन्त सम्मानित

इलाइट न्यूज द्वारा माल्टाका पहिलो नेपाली रेफ्री पन्त सम्मानित

काठमाडौं। इलाइट न्यूज प्रा.लि. द्वारा माल्टाका पहिलो नेपाली रेफ्री रोशनराज पन्तलाई विशेष सम्मान प्रदान गरिएको छ। नेपाली मूलका रोशनराज पन्तले माल्टाको फुटबल संघ (MFA) बाट मान्यता प्राप्त गर्दै माल्टामा पहिलो नेपाली रेफ्रीको रूपमा इतिहास रचेका छन्। उनले माल्टाका घरेलु लिगहरूमा रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्दै आएका छन्। हालसम्म, पन्तले माल्टामा २०० भन्दा बढी घरेलु फुटबल म्याचहरूमा रेफ्रीको भूमिका निभाइसकेका छन्, जुन नेपाली समुदायका लागि गर्वको विषय हो। कार्यक्रममा रोशनराज पन्तले नेपाल र युरोपेली फुटबल संरचनाबीचको अन्तरबारे आफ्ना विचार राखेका छन्। "नेपालमा पुरुष नेशनल टिमको कुरा गर्दा, खेलाडी उत्पादन त भइरहेको छ, तर ती खेलाडीहरू अखिल नेपाल फुटबल संघ (ANFA) का…
Read More
दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय

दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय

काठमाडौं। कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार भएको १२१औं बोर्ड बैठकले उक्त खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। यसअघि राखेपको ११८औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो। नयाँ निर्णयअनुसार, खेलकुद अब जेठ महिनामा कर्णाली प्रदेशमा आयोजना हुने छ। यस कदमले देशभरका खेलकर्मी र दर्शकहरूको उत्साहलाई थप उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ। बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद आगामी २०८२ साल जेठ १७ देखि…
Read More
अशोक खड्का जी–टु बुल्गेरिया ओपनमा निर्णायक

अशोक खड्का जी–टु बुल्गेरिया ओपनमा निर्णायक

काठमाडौं – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का वर्ल्ड ¥याङकिङ जी–टु बुल्गेरिया ओपनमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। प्रतियोगिता मार्च १ देखि ३ तारिखसम्म बुल्गेरियाको राजधानी सोफियामा हुँदैछ। यसका लागि खड्का बिहीबार बुल्गेरिया प्रस्थान गर्दैछन्। बुल्गेरिया ओलम्पिक कमिटी, बुल्गेरिया तेक्वान्दो फेडेरेसन र विश्व तेक्वान्दोको संयुक्त आयोजनामा हुने यो प्रतिष्ठित जी–टु स्तरको प्रतियोगिता मा करिब १,७०० खेलाडीको सहभागिता रहनेछ, जसमा ओलम्पियन र वर्ल्ड च्याम्पियन खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन्। खड्का ग्यारोगी (फाइटिङ) र पुम्से (फर्म) दुवै विधामा निर्णायकका रूपमा रहनेछन्। नेपालका ग्यारोगी तथा पुम्से दुवै विधामा दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक रहेका उनी पारा रेफ्री कोर्स पूरा गर्ने कम नेपाली तेक्वान्दो कर्मीमध्ये एक…
Read More
उपाधि यात्राको अन्तिम गन्तव्य: नेपाल र म्यान्मार आज फाइनलमा आमनेसामने

उपाधि यात्राको अन्तिम गन्तव्य: नेपाल र म्यान्मार आज फाइनलमा आमनेसामने

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज साँझ दशरथ रंगशालामा हुँदैछ। उपाधिका लागि नेपाल र म्यान्मारबीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ। खेल साँझ ६ बजेबाट सुरु हुनेछ। चार राष्ट्र सहभागी इस प्रतियोगितामा नेपाल र म्यान्मार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका हुन्। लिग चरणमा म्यान्मारले तीन खेलमा २ जित र १ बराबरी निकाल्दै ७ अंकसहित शीर्ष स्थान हासिल गर्‍यो। उसले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो। नेपालले पनि समान ७ अंक बटुल्दै उपविजेताको रूपमा फाइनलमा प्रवेश गर्‍यो। नेपाली टोलीले लेबनान र किर्गिस्तानलाई हराएको थियो भने म्यान्मारसँग अघिल्लो खेल बराबरीमा सकिएको…
Read More
आर्मी केपी ओली कपको सेमिफाइनलमा प्रवेश

आर्मी केपी ओली कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। सोमबार ललितपुरस्थित एन्फा कम्प्लेक्स, सादोबाटोमा भएको खेलमा आर्मीले पुलिसलाई २-० गोल अन्तरले हरायो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरेका थिए। खेलको १९औं मिनेटमा नवयुग श्रेष्ठले जिलेस्पी जंग कार्कीको बायाँ विंगबाट आएको क्रसलाई पहिलो टचमै गोल गर्दै टिमलाई अग्रता दिलाए। पुलिसले पहिलो हाफमै बराबरी गर्ने प्रयास गरे पनि भाग्यले साथ दिएन। ४३औं मिनेटमा संजीव लामाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो। दोस्रो हाफमा ८०औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो। निराजन धामीले मिडफिल्डमा खोसेको बल बक्सभित्र लगेर कटब्याक…
Read More
केपी ओली कप उद्घाटन: ७४औं जन्मदिनको अवसरमा ५० पाउन्डको केक काटेर प्रतियोगिता सुरू

केपी ओली कप उद्घाटन: ७४औं जन्मदिनको अवसरमा ५० पाउन्डको केक काटेर प्रतियोगिता सुरू

काठमाडौं – केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको ७४औं जन्मदिनको अवसरमा, धूमधामसँग उद्घाटन गरिएको यो प्रतियोगिता फुटबल प्रेमीहरूको लागि ठूलो उत्सव बनेको छ। उद्घाटन समारोहको विशेष आकर्षण थियो, ५० पाउन्डको विशाल केक, जसलाई प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले काटेर उत्सवको माहोल थपे। राधिका शाक्यले केक खुवाएर ओलीलाई जन्मदिनको शुभकामना दिइन्। यस विशेष समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, प्रख्यात गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका चर्चित कलाकारहरूको उपस्थितिले कार्यक्रमलाई थप रोचक बनायो। प्रतियोगिता प्रारम्भसँगै खेल प्रेमी र समर्थकहरूले यसलाई उत्साहजनक स्वागत गरेका छन्। प्रतियोगिताको विजेताले रु १५,११,१११/-…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल