20
Jan
काठमाडौं — आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गतको आठौँ खेलमा संयुक्त राज्य अमेरिकाले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। टस जितेर अमेरिकाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा १४५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्यो। नामिबियाका लागि यासमिन खानले ४७ बलमा उत्कृष्ट ७४ रन बनाइन् भने मर्सेरली गोरासेसले २८ रन बनाइन्। अन्य खेलाडीहरूमा सुनि विटम्यानले ८, विल्का म्वाटिलेले १५, जुरिएने डियरगार्ड्टले ११, मेकलाये म्वाटिलेले ४ र नाओमी बेन्जामिनले २ रन जोडिन्। अमेरिकाको बलिङतर्फबाट तारा नोरिसले ३ विकेट लिइन् भने इसानी वाघेलाले २ र सान्वी इम्माडीले १ विकेट हात पारिन्। जवाफमा ब्याटिङ गरेको अमेरिकाका लागि…
