घर्तीले पीडितहरूसँग क्यानडामा आकर्षक रोजगारको प्रलोभनमा परेर प्रतिव्यक्ति ३५ लाख रूपैयाँ बुझाउन भनेका थिए। उनले क्यानडामा पुगेपछि मासिक ४ लाख रूपैयाँ तलब हुने गरी कम्पनीमा काम लगाइदिने आश्वासन दिएर विभिन्न समयमा जम्मा १ करोड ६५ लाख रूपैयाँ ठगी गरेको बताइएको छ।






