Elite News Nepal

फुटबल प्रतियोगिता

केपी ओली कप उद्घाटन: ७४औं जन्मदिनको अवसरमा ५० पाउन्डको केक काटेर प्रतियोगिता सुरू

केपी ओली कप उद्घाटन: ७४औं जन्मदिनको अवसरमा ५० पाउन्डको केक काटेर प्रतियोगिता सुरू

काठमाडौं – केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको ७४औं जन्मदिनको अवसरमा, धूमधामसँग उद्घाटन गरिएको यो प्रतियोगिता फुटबल प्रेमीहरूको लागि ठूलो उत्सव बनेको छ। उद्घाटन समारोहको विशेष आकर्षण थियो, ५० पाउन्डको विशाल केक, जसलाई प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले काटेर उत्सवको माहोल थपे। राधिका शाक्यले केक खुवाएर ओलीलाई जन्मदिनको शुभकामना दिइन्। यस विशेष समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, प्रख्यात गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका चर्चित कलाकारहरूको उपस्थितिले कार्यक्रमलाई थप रोचक बनायो। प्रतियोगिता प्रारम्भसँगै खेल प्रेमी र समर्थकहरूले यसलाई उत्साहजनक स्वागत गरेका छन्। प्रतियोगिताको विजेताले रु १५,११,१११/-…
Read More
केपी ओली कप फुटबल आजदेखि सुरु, अन्तर्राष्ट्रिय टोलीको सहभागिता

केपी ओली कप फुटबल आजदेखि सुरु, अन्तर्राष्ट्रिय टोलीको सहभागिता

काठमाडौं – नेपाली फुटबलप्रेमीहरूका लागि उत्साहजनक क्षण आएको छ, किनभने केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न हुने यो प्रतियोगिता देशभरका उत्कृष्ट क्लबहरूबीचको प्रतिस्पर्धा मात्र नभई अन्तर्राष्ट्रिय फुटबल स्टारहरूको उपस्थितिले पनि विशेष बन्नेछ। प्रतियोगिताको उद्घाटन समारोह दिउँसो १ बजे सुरु हुनेछ, जसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्। हास्य कलाकार हरिवंश आचार्य विशेष अतिथि हुनेछन्, भने गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारहरूले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्। यस च्याम्पियनसिपमा दुई विदेशी टोलीसहित नौ टिम प्रतिस्पर्धा गर्दैछन्। उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड…
Read More
केपी ओली कप २०८१: नेपाली फुटबलमा नयाँ जोश, विदेशी टोलीको पनि सहभागिता

केपी ओली कप २०८१: नेपाली फुटबलमा नयाँ जोश, विदेशी टोलीको पनि सहभागिता

काठमाडौं, फागुन ४ – राष्ट्रिय युवा संघ नेपालले तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। प्रतियोगिताका क्वार्टरफाइनलसम्मका खेलहरू अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स, सातदोबाटोमा हुनेछन्। सेमिफाइनल खेलहरू फागुन १६ र १७ गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ। फाइनल खेल फागुन १९ गते दशरथ रंगशालामै सम्पन्न हुनेछ। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी दिएको हो। आयोजकका अनुसार यो प्रतियोगिता नेपाली फुटबलको विकास र युवा खेलाडीहरूलाई अवसर प्रदान गर्न आयोजित गरिएको हो। प्रतियोगितामा नेपालका ६ ‘ए डिभिजन’ क्लब, २ विदेशी टोली तथा १ आयोजक टोली गरी ९ टोली सहभागी…
Read More
बबिन बोहोराको निर्णायक गोलले झापा ११ लाई अन्तिम आठमा पुर्यायो

बबिन बोहोराको निर्णायक गोलले झापा ११ लाई अन्तिम आठमा पुर्यायो

झापा – झापा ११ एफसीले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा स्थान बनाएको छ। बिहीबार भद्रपुरस्थित मेची रंगशालामा भएको दोस्रो दिनको खेलमा झापा ११ ले ए डिभिजन लिग उपविजेता मछिन्द्र फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्यो। झापाका बबिन बोहोराले खेलको २९औँ मिनेटमा एक मात्र निर्णायक गोल गरे। एरोन थापाको क्रस पासमा उनले वान टचमा उत्कृष्ट फिनिश गर्दै झापालाई अग्रता दिलाए। यो गोल नै जितको लागि पर्याप्त बन्यो। खेल अवधिभर दुवै टोलीले एक दर्जनभन्दा बढी प्रहार गरे पनि गोल गर्न सकेनन्। मछिन्द्रले खेलको २०औँ मिनेटमै अग्रता लिने…
Read More
थ्री स्टारको शानदार प्रदर्शन, हिमालयन शेर्पामाथि ४-० को जित

थ्री स्टारको शानदार प्रदर्शन, हिमालयन शेर्पामाथि ४-० को जित

बागमती । सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले प्रभावशाली जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ४-० गोलअन्तरले पराजित गर्यो। थ्री स्टारका खेलाडीहरूले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेका थिए। खेलको तेस्रो मिनेटमै सुशील राईले थ्री स्टारलाई अग्रता दिलाए भने १७औं मिनेटमा नवीन लामाले गोल गर्दै टिमको पकड बलियो बनाए। २४औं मिनेटमा विदेशी खेलाडी फोफनाले गोल थप्दै खेलको गति तीव्र बनाए। ३४औं मिनेटमा थ्री स्टारले थप एक गोल गर्दै हिमालयन शेर्पालाई पूर्ण रूपमा दबाबमा राख्यो। खेलको म्यान अफ द म्याच…
Read More
मच्छिन्द्र सेमिफाइनलमा, झापा ११ लाई संघर्षपूर्ण खेलमा पराजित

मच्छिन्द्र सेमिफाइनलमा, झापा ११ लाई संघर्षपूर्ण खेलमा पराजित

इटहरी – १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौं प्रवेश गरेको छ। सोमबार इटहरी रंगशालामा सम्पन्न क्वाटरफाइनल खेलमा मच्छिन्द्रले झापा ११ लाई १–० गोलको अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो। मच्छिन्द्रका लागि खेलको ३१औं मिनेटमा मलिक बामिदेले युसुफको उत्कृष्ट गोल नै टिमको जितका लागि निर्णायक बन्यो। झापा ११ ले खेलभर उत्कृष्ट प्रदर्शन गरे पनि गोल फर्काउने अवसर गुमाउँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। प्रतियोगिता अन्तर्गत मंगलबार चर्च ब्वाइज युनाइटेड काठमाडौं र धरान फुटबल क्लबबीच अन्तिम क्वाटरफाइनल भिडन्त हुनेछ। इटहरी रंगशालामा फागुन १० गतेसम्म सञ्चालन हुने यस प्रतिष्ठित प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ…
Read More
चर्च व्वाइज पहिलो पटक बागमती गोल्डकपको सेमिफाइनलमा

चर्च व्वाइज पहिलो पटक बागमती गोल्डकपको सेमिफाइनलमा

बागमती– सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा चर्च व्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो। टाइब्रेकरमा चर्च व्वाइजका अर्मान विडम, सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे। त्रिभुवन आर्मीका तर्फबाट विमल पाण्डे, फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्रसिंह थापाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई…
Read More
टाइब्रेकरमा एपीएफको उत्कृष्ट प्रदर्शन, हानामीलाई पराजित गर्दै विजय प्राप्त

टाइब्रेकरमा एपीएफको उत्कृष्ट प्रदर्शन, हानामीलाई पराजित गर्दै विजय प्राप्त

बागमती – सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ)ले विजयी सुरुवात गरेको छ। आइतबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा एपीएफले चितवनको हानामी बीएफसीलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै जित हासिल गर्यो। निर्धारित खेल समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गरे। जबकि बिएफसीका अमन लामो मात्र गोल गर्न सफल भए। एपीएफका गोलरक्षक एन्जल श्रेष्ठको उत्कृष्ट प्रदर्शनले बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहारलाई बचायो भने विदेशी खेलाडी बफरको प्रहार बाहिरिएको थियो। एन्जल श्रेष्ठलाई म्यान अफ द म्याच घोषित गरिएको छ। खेलको ६४औं…
Read More
एनआरटीलाई पराजित गर्दै सगरमाथा युथ क्लब सेमिफाइनलमा

एनआरटीलाई पराजित गर्दै सगरमाथा युथ क्लब सेमिफाइनलमा

इटहरी – जारी १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा सगरमाथाले एनआरटी क्लब काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। खेलको ६औं मिनेटमै सगरमाथा युथ क्लबका विदेशी खेलाडी रिचर्डले निर्णायक गोल गर्दै टिमलाई सेमिफाइनलसम्म पुर्याए। उत्कृष्ट प्रदर्शन गरेका रिचर्ड म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेल सोमबार झापा एघार फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ। इटहरीमा फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेताले नगद १० लाख रुपैयाँ, जबकि उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको आयोजना राष्ट्रिय जागृती…
Read More
नेपालले पहिलो खेलमा इतिहास दोहोर्याउला कि नयाँ चुनौती सामना गर्ला?

नेपालले पहिलो खेलमा इतिहास दोहोर्याउला कि नयाँ चुनौती सामना गर्ला?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी टिमहरू सबै नेपाल आइसकेका छन्, र उद्घाटन खेलमा नेपालले किर्गिस्तानको सामना गर्नेछ। नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङका अनुसार किर्गिस्तान बलियो टोली भएकाले नेपालका लागि चुनौतीपूर्ण खेल हुने छ। उनले भने, "६ वर्षअघि किर्गिस्तानविरुद्ध ८-२ को सहज जित निकालेका थियौं, तर अहिले उनीहरूको फुटबलको स्तर सुधारिएको छ। हाम्रो टिमको मुख्य बलियो पक्ष भनेको संरचनागत खेल हो, जसलाई मजबुत बनाउँदै जित निकाल्ने योजना छ।"…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल