Skip to main content

Elite News Nepal

टाइब्रेकरमा एपीएफको उत्कृष्ट प्रदर्शन, हानामीलाई पराजित गर्दै विजय प्राप्त

Advertisement

बागमती – सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ)ले विजयी सुरुवात गरेको छ। आइतबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा एपीएफले चितवनको हानामी बीएफसीलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै जित हासिल गर्यो।

निर्धारित खेल समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गरे। जबकि बिएफसीका अमन लामो मात्र गोल गर्न सफल भए।

एपीएफका गोलरक्षक एन्जल श्रेष्ठको उत्कृष्ट प्रदर्शनले बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहारलाई बचायो भने विदेशी खेलाडी बफरको प्रहार बाहिरिएको थियो। एन्जल श्रेष्ठलाई म्यान अफ द म्याच घोषित गरिएको छ।

खेलको ६४औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड पाएर बाहिरिए पनि, एपीएफले निर्धारित समय आफ्नो पक्षमा पार्न सफल भयो। एपीएफ गत संस्करणको उपविजेता टिम हो।

प्रतियोगिता आगामी फागुन १२ गतेसम्म जारी रहनेछ, र उपाधि विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

काठमाडौँ । श्रमिकका सरोकारलाई पार्टीको नीति निर्माण तहमा उठाउने एजेन्डासहित युवा नेता सुनिल केसी नेपाली कांग्रेसको केन्द्रीय स...
International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल